images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • गभर्नर बन्न राजिनामा दिएका भट्ट बिरुद्ध...

गभर्नर बन्न राजिनामा दिएका भट्ट बिरुद्ध योग्यता नपुगेको दावी गर्दै सर्वोच्च अदालतमा रिट

गभर्नर बन्न राजिनामा दिएका भट्ट बिरुद्ध योग्यता नपुगेको दावी गर्दै सर्वोच्च अदालतमा रिट

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टको गभर्नरमा नियुक्तिका लागि योग्यता नपुगेको दावी गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन पेश भएको छ ।अधिवक्ताद्धय प्रतिभा उप्रेती र विशाल थापाले ऐनको व्यवस्था विपरित भट्टलाई नियुक्ति गर्न लागिएको दावी गर्दै गैर कानुनी योग्यता भएको व्यक्तिको नियुक्ति हुन नसक्ने दावी गर्दै रिट पेश भएको छ । सर्वाेच्च अदालतका अधिकारीहरु दर्ता गर्ने कि नगर्ने भन्ने छलफलमा रहेको निवेदकले बताएका छन् । 

    images
    images

    नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले निश्चित गरेको योग्यता र क्षेत्रको व्यक्ति बाहेक योग्यता नै नपुगेको व्यक्ति विपक्षी नेपाल राष्ट्र्बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई राजनीतिक सहमतिको आधारमा भनी दुई ठूला नेता विपक्षी प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच सहमति भएको आधार गलत भएको भन्दै रिट दायर भएको हो । 

    त्यसरी योग्यता नै नपुगेको व्यक्तिको नियुक्ति भएमा संविधानको धारा ४४ ले सुनिश्चित गरेको गुणस्तरीय सेवा पाउने हक तथा बैंकिङ तथा मौद्रिक नीति गलत मान्छेको हातमा गएको खण्डमा धारा ३३ ले सुनिश्चित गरेको रोजगारीको हक, धारा २५ को सम्पत्ति सम्बन्धि हक एवं शुसासन ऐन, २०६४ को दफा ३, ४, ५,६,७ समेत ले सुनिश्चित गरेको आर्थिक सुशासन विरुद्ध समेत हुने भएकोले ऐनको परिधिभन्दा बाहिर गई ऐनले नै अयोग्य व्यक्तिलाई गभर्नरको पदमा नियुक्ति नगर्नु नगराउनु भनी रिटमा परमादेशको माग गरिएको छ ।

    images
    images

    दफा १५ ले सुनिश्चित गरेको आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटी गभर्नरहरुमध्येका व्यक्तिभन्दा बाहिर गई सिफारिस समितिको सिफारिस समेत लिई वा नलिई ऐनको व्यवस्था नै अबरुद्ध हुनेगरी नेताहरुको सहमतिको आधारलाई सिरानी हाली विपक्षी सिफारिस समितिलाई अयोग्य व्यक्तिहरुको सिफारिस गर्ने लगायतका अन्य कुनैपनि कार्य नगर्नु नगराउनु तथा त्यसरी ऐन विपरितको अयोग्य व्यक्तिहरुको नाम मन्त्रीपरिषद्मा सिफारिस भई आएमा समेत ऐनले तोकिएको योग्य व्यक्तिको नियुक्तिलाई बञ्चित गर्ने कार्य नगर्नू नगराउनू समेत भनी  रिटमा अन्तरिम आदेश समेत माग गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend