images

२०८३ आश्विन २८ गते

images
images
images
  • शेयर
  • सान्भि इनर्जीको आईपीओ निष्कासन, कसले पाउँछ...

सान्भि इनर्जीको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?

सान्भि इनर्जीको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । सान्भि इनर्जी कम्पनीले आजदेखि सेयर निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेको छ ।कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर निष्कासन गरेको छ ।

    images
    images

    कम्पनीले आयोजना प्रभावित ईलाम जिल्लाको ईलाम नगरपालिका–१० (साविकको गोदक गाविस–१ देखि ९ नम्बरसम्मका स्थानीय), माईजोगमाई गाउँपालिका–१ (साविकको नयाँ बजार गाविस–१ देखि ४ र ६ देखि ९ नम्बर वडा) र वडा–३ र ४ (साविकको नाम्सालिङ्ग गाविस–१ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गाविस–५) का स्थानीयले आवेदन दिन सक्नेछन् ।

    यसैगरी, सूर्योदय नगरपालिका–१० (साविकको फिक्कल गाविस–६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सोही नगरपालिका–१ (साविकको पञ्चकन्या गाविस–२, ६, ८ नम्बर वडाहरु) का स्थायी बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

    images
    images

    स्थानीयले न्यूनतम १० देखि अधिकतम २० हजारसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा वैशाख १९ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा जेठ ३ गतेसम्म आवेदन दिन सकिने छ ।
    यस्तै कम्पनीले आजदेखि श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि २ लाख ९१ हजार कित्ता आईपीओ निष्कासन गरेको छ । यसमा न्यूनतम २० देखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख १९ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend