images

२०८३ आश्विन २१ गते

images
images
images

यस्ता छन् फाइबर खाँदाका फाइदै फाइदा !

यस्ता छन् फाइबर खाँदाका फाइदै फाइदा !

images
images
शुक्रवार, बैशाख ५ २०८२
शुक्रवार, बैशाख ५ २०८२
  • काठमाडौं । वनस्पतिमा आधारित कार्बोहाइड्रेट जस्तै पोषणलाई फाइबर भनिन्छ। पाचन प्रक्रिया, तौल व्यवस्थापन, रक्तसञ्चार, कोलेस्ट्रोल सन्तुलनजस्ता मानव शरीरका प्रक्रियाहरूमा फाइबर अत्यन्त प्रभावकारी हुन्छ। फाइबरको उचित सेवनले आयु वृद्धि र घातक रोग लाग्न सक्ने सम्भावनालाई  घटाउँछ। चिकित्सा विज्ञानका अनुसार ५० वर्षभन्दा कम उमेर भएका मानिसले दैनिक २५ देखि ३८ ग्राम र ५० वर्षभन्दा माथिका मानिसले दैनिक २१ देखि ३० ग्राम सेवन गर्नु लाभदायक मानिन्छ।

    images
    images

    फाइबर सामान्यतया घुलनशील फाइबर र अघुलनशील फाइबर गरी दुई प्रकारका हुन्छन्। घुलनशील फाइबरले रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै रगतमा कोलेस्ट्रोल बढाउन मद्दत गर्छ। त्यसैगरी अघुलनशील फाइबरले पाचन प्रणालीमा रगत प्रसारणको गति बढाउन भूमिका खेल्दछ।

    घुलनशील फाइबरको स्रोतहरू : स्याउ, निबुवा (अमिलो), केराउ, दाल, गेडागुडी, काफल, जौं, केरा आदि।

    images
    images

    अघुलनशील फाइबरका स्रोतहरू : कोदो, काउली, आलु, गोलभेंडा, उखु, खुर्सानी आदि।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend