images

२०८३ आश्विन २४ गते

images
images
images
  • अर्थतन्त्र
  • राष्ट्रपति रामचन्द्रद्वारा तीन जना राज्यमन्त्री...

राष्ट्रपति रामचन्द्रद्वारा तीन जना राज्यमन्त्री नियुक्त

राष्ट्रपति रामचन्द्रद्वारा तीन जना राज्यमन्त्री नियुक्त

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण १८ २०८१
  • काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गरेका छन् । सरकारको सिफारिसका आधारमा उनले शुक्रबार नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका तीन जना सांसदहरूलाई राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    images
    images

    शीतलनिवासका अनुसार राष्ट्रपतिबाट कांग्रेस सांसद पूर्णबहादुर तामाङ र रुपा विक तथा उन्मुक्तिका तर्फबाट सांसद अरुणकुमार चौधरी राज्यमन्त्री नियुक्त भएका छन् । राष्ट्रपतिले तामाङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, विकलाई वन तथा वातावरण र चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएको १९ औं दिनमा रिक्त रहेको राज्यमन्त्रीको कोटालाई पूर्णता दिइएको छ ।

    images
    images

    ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले असार ३१ गते संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । नियुक्तिलगतै ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए । संविधानतः अब तीन जना राज्यमन्त्रीको मात्र कोटा खाली थियो ।

     

     

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend