images

२०८३ आश्विन २१ गते

images
images
images
  • स्वास्थ्य
  • बरहथवाका ११ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको...

बरहथवाका ११ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

बरहथवाका ११ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • सेवा सञ्चालन अनुमति नलिएका र मापदण्ड अनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरण औजार, औषधि लगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिंहले बन्द गर्ने निर्देशन दिएका छन्।

    images
    images

    बन्द गर्न निर्देशन दिइएका स्वास्थ्य संस्थामा सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन हस्पिटल प्रालि, युनिट हस्पिटल प्रालि, भेनस हेल्थ केयर प्रालि, बरहथवा नवजीवन हस्पिटल प्रालि, हनुमन्त हस्पिटल प्रालि, भुवनेश्वर डेन्टल क्लिनिक, जय माँ हेल्थ केयर र बरहथवा पोलिक्लिनिक छन् ।बुधबार अबेर साँझ बरहथवास्थित स्वास्थ्य संस्थाहरूको अनुगमन क्रममा सेवा सञ्चालन अनुमति नलिएका, कानुनी प्रावधान विपरीत सेवा सञ्चालन अनुमति लिएका, नवीकरण नगराएका र मापदण्ड विपरीत सञ्चालनमा रहेका ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

    बन्द गराइएका स्वास्थ्य संस्थालाई कानुनअुसार सेवा सञ्चालन अनुमति लिई, नवीकरण गराई र मापदण्ड पुर्‍याई मात्र सञ्चालन गर्न लिखित निर्देशन दिइएको ठाकुरले बताए ।यसअघि मुख्यमन्त्री सिंहले सर्लाहीका मलंगवा, नवलपुर, लालबन्दी, हरिवनल गायतका ठाउँमा स्वास्थ्य संस्था अनुगमन गरी सेवा सञ्चालन अनुमति नलिएका र मापदण्ड विपरीत सञ्चालन भएका अस्पताललाई बन्द गर्ने निर्देशन दिएका थिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend