images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टल...

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सञ्चालनमा,उपलब्ध छन् यस्ता जानकारी

एनआईसी एसिया बैंकको लिलाम बिक्री पोर्टल सञ्चालनमा,उपलब्ध छन् यस्ता जानकारी

images
images
बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी अनलाइन पोर्टलबाटै दिने भएको छ। बैंकले यससम्बन्धी अनलाइन पोर्टल सञ्चालनमा ल्याएको हो। 

    images
    images

    अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरुसम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूबारे विस्तृत जानकारी समेटिएको जनाएको छ। यसको लागि ग्राहकले लिलाम बिक्रीसम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं. तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान (लोकेशन) पहिचानका लागि गुगल म्यापसहितका विविध जानकारीहरू प्राप्त गर्न सकिनेछ। 

    यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ।  

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend