images

२०८३ आश्विन २८ गते

images
images
images

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना

कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौंं ।  कुमारी बैंकले ‘टपअप र फोनपे डिरेक्ट गरौं, बम्पर उपहार जितौं’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरूले आकर्षक उपहार जित्ने छन् ।जसमा बम्पर उपहार आइफोन १६ रहेको छ भने हरेक हप्ता १०० जनालाई १०० रुपैयाँको मोबाइल रिचार्ज उपहारसमेत रहेको छ ।

    images
    images

    यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र कम्तीमा ५०० रुपैयाँको फोनपे डिरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ ।यस प्रक्रियालाई पूरा गरेपछि, ग्राहकहरू साप्ताहिक तथा बम्पर उपहार आइफोन १६ का लागि स्वतः योग्य हुनेछन् ।यस अन्तर्गत प्रत्येक हप्ता १०० जना भाग्यशाली विजेताहरूले १०० रुपैयाँको मोबाइल टपअप जित्न सक्नेछन् ।

    साथै, योजना समाप्त भएपछि सहभागी मध्येका एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरूप नयाँ आइफोन १६ जित्ने अवसर प्राप्त गर्नेछन् । यो योजना १ वैशाख २०८२ देखि ३१ वैशाख २०८२ गतेसम्म सञ्चालन हुनेछ ।यस योजनाले ग्राहकहरूलाई कुमारी स्मार्ट मोबाइल बैंकिङ्ग एपमार्फत डिजिटल कारोबार गर्न अझ प्रोत्साहित गर्ने विश्वासका साथ मोबाइल टपअप र फोनपे डिरेक्ट कारोबारलाई प्रवर्द्धन गर्दै, डिजिटल बैंकिङ्ग सेवालाई अझ सहज, सरल, सुरक्षित र भरपर्दो बनाउने लक्ष्य बैंकले राखेको छ ।

    images
    images

    विगत २४ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग इकाईमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend