images

२०८३ आश्विन २८ गते

images
images
images
  • बैंक वित्त
  • ४५ महिनायताकै सस्तो दरमा झर्‍यो वाणिज्य...

४५ महिनायताकै सस्तो दरमा झर्‍यो वाणिज्य बैंकको ब्याजदर

४५ महिनायताकै सस्तो दरमा झर्‍यो वाणिज्य बैंकको ब्याजदर

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौँ । वाणिज्य बैंकहरूको ब्याजदर ४५ महिनायताकै सस्तोमा झरेको छ। वैशाखमा एकबर्से मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०२५ र न्यूनतम ४.०६१ प्रतिशतमा पुगेको छ। यो २०७७ असारयताको सबैभन्दा सस्तो ब्याजदर हो।आर्थिक वर्ष २०७७/७८ असारमा बैंक तथा वित्तीय संस्थामा निक्षेपको ब्याजदर औसत ४.६५ प्रतिशत थियो। त्यसयता ब्याजदर बढेर औसत साढे ८ प्रतिशतसम्म पुगेको थियो। पछिल्ला महिनामा ब्याजदर घटेर गत फागुनमा ४.५४ प्रतिशत कायम भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।

    images
    images

    २० वटा वाणिज्य बैंकमध्ये वैशाखका लागि साधारण बचतको ब्याजदर एउटा बैंकले बढाएको छ भने एउटाले घटाएको छ। वैशाखका लागि तीनवटा वाणिज्य बैंकले एकबर्से व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर बढाएको र दुईवटाले घटाएका छन्। वाणिज्य बैंकहरूमा वैशाखका लागि साधारण बचतको औसत अधिकतम ब्याजदर ४.४१४ र न्यूनतम ३.०१३ प्रतिशत कायम भएको छ।

    यस्तै चैतमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.०१४ र न्यूनतम ४.०५१ प्रतिशत थियो। चैतमा ब्याजदर क्रमशः ४.४६४ र ३.०१३ प्रतिशत रहेको बैंकहरूले प्रकाशन गरेको मासिक ब्याजदर विवरणमा उल्लेख छ।आर्थिक वर्ष २०७७/७८ असारमा बैंक तथा वित्तीय संस्थामा ऋणको ब्याजदर औसत ८.४३ प्रतिशत थियो। त्यसयता ऋणको ब्याजदर उकालो लागेको थियो। निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याजदर पनि घटेर गत फागुनमा औसत ८.४ प्रतिशतमा झरेको छ। चैतमा अधिकतम ब्याजदर ६.०१४ न्यूनतम ४.०५१ प्रतिशत रहेको छ। यो ४५ महिनाअघिको अवस्था आएको नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले बताए।

    images
    images

    उनका अनुसार लामो समयदेखिको तरलता कायम रहेको भन्दै पछिल्ला हरेक महिना बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाउँदै आएका थिए। सोहीअनुसार बैंकहरूले वैशाखका लागि पनि घटाएर निक्षेपको नयाँ ब्याजदर उनले बताए। ‘ब्याजदर घट्दा व्यापार तथा उद्योग क्षेत्रमा लगानी प्रवर्धन गर्न सहज हुन्छ। व्यक्तिगत तथा पारिवारिक वित्तीय अवस्था सुदृढ हुन्छ। ब्याजदर घट्दा मासिक किस्ता कम हुन्छ। घरजग्गा तथा सवारी किन्ने अवसर  सिर्जना भएको छ’, उनले भने।ब्याजदर घट्कै मौकामा सरकारले लगानीको वातावरण बनाउन अवसर सिर्जना भएको र योजना ल्याउनुपर्ने उनको माग छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend