images

२०८३ आश्विन १७ गते

images
images
images

सरकारले आन्दोलनरत शिक्षकलाई कार्यस्थलमा फर्कन अनुरोध

सरकारले आन्दोलनरत शिक्षकलाई कार्यस्थलमा फर्कन अनुरोध

images
images
बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • काठमाडौंः सरकारले आन्दोलनरत शिक्षकलाई आआफ्नो कार्यस्थलमा फर्कन अनुरोध गरेको छ । नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कार्यस्थलमा फर्कन सरकारले अनुरोध गरेको हो ।

    images
    images

    अहिले विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको समय रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आआफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने,ू मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अनुरोध गरेको हो ।

    मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ शुक्रबार दिउँसो १ बजे बस्ने गरी संसद् बैठक आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । सरकारले विद्यालय विधेयक छिटो भन्दा छिटो पारित गर्ने प्रतिबद्धता पनि जनाएको छ ।

    images
    images

    संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेत उल्लेख गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend