images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सन्तोष कुमार घिमिरे समृद्धि फाइनान्सको प्रमुख...

सन्तोष कुमार घिमिरे समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

सन्तोष कुमार घिमिरे समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

images
images
मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • काठमाडौँ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कुमार घिमिरेले आफ्नो जिम्मेवारी सम्हालेका छन् । उनले संस्थाको सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी जिम्मेवारी सम्हालेका हुन् ।  

    images
    images

    कम्पनीका तत्कालीन सिइओ टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ सालको वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको थियो ।यसअघि घिमिरे गोर्खाज फाइनान्सको सिइओको जिम्मेवारीमा रहेका थिए। 

    उनी नेपाल राष्ट्र बैंकका सेवा निवृत्त कर्मचारी समेत हुन्। लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा कम्पनीले घिमिरेलाई सिइओमा नियुक्त गरेको जनाएको छ ।

    images
    images

    नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आर. टि.जि.एस., आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू.आर. कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदान गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend