images

२०८३ आश्विन २१ गते

images
images
images

हृयाम्स अस्पतालले मनायो वार्षिकोत्सव

हृयाम्स अस्पतालले मनायो वार्षिकोत्सव

images
images
आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • काठमाडौँ । हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (हृयाम्स) अस्पतालले २७आौ वार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा ‘बृहत सामाजिक हितका लागि हृयाम्सको पहल’ भन्ने नारासहित स्वास्थ्यमा सबैको सरोकार संवाद श्रृंखला सञ्चालन गरेको छ ।संवाद कार्यक्रममा बोल्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले हरेक मानिसलाई गुणस्तरीय स्वास्थ्य सेवा पाउने हक रहेको बताए । उनले स्रोतसाधनको अभावका कारण धनी देश र गरिब देशको मृत्युदरमा समेत भिन्नता रहेको बताए। सांसद रामहरि खतिवडाले स्वास्थ्य र शिक्षामा नेपालमा धेरै नै समस्या रहेको भन्दै यस क्षेत्रमा सरकारले बढी ध्यान दिनुपर्ने बताए।

    images
    images

    ‘एकैपटक ७ सय ५३ स्थानीय तहमा अस्पताल निर्माण गर्ने भन्दै सरकारले प्रचार त गर्‍यो । तर अस्पतालहरू शिलान्यास गर्नेबाहेक जग हालेको ठाउँमा ढुंगा पनि छ कि छैन ? फेरि त्यसतर्फ सरकारको ध्यान गएको छैन,' उनले भने । उनले तराईका धेरै अस्पतालहरू मापदण्ड विपरीत रहेका पाइएको भन्दै तिनको नियमनमा समेत सरकार चुकिरहेको आरोप लगाए।कार्यक्रममा सांसदहरू देवेन्द्र पौडेल, पूर्णबहादुर घर्ती, स्वास्थ्य सचिव डा. विकास देवकोटा, डा.पदम बहादुर खड्का, प्रा.सरला केसी, डा.गुरप्रित सिंह लगायतले नेपालमा स्वास्थ्य सेवा र गुणस्तर सुधारका विषयमा सुझावहरू राखेका थिए।

    कार्यक्रममा अस्पतालका निर्देशक डा.ज्योतिन्द्र शर्माले सरकारलाई स्वास्थ्यप्रति दायित्व बुझाउनको लागि अस्पतालले संवाद श्रृंखला चलाएको बताए। अस्पतालका अध्यक्ष रामशरण भण्डारीले भने राज्यलाई स्वास्थ्य नीति बनाउने क्रममा केही सहयोग हुन्छ भनेर निरन्तर छलफल गर्दै आएको बताए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend