images

२०८३ आश्विन २४ गते

images
images
images

गत आवमा नवलपुरमा रु २५ अर्ब ४४ करोड राजस्व सङ्कलन

गत आवमा नवलपुरमा रु २५ अर्ब ४४ करोड राजस्व सङ्कलन

images
images
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
अर्थ समाचार
बिहिवार, श्रावण १७ २०८१
  • काठमाडौँ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रु २५ अर्ब बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा रु २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार राजस्व सङ्कलन गरेको हो । 

    images
    images

    आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ रु २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयले गत आवमा आयकरतर्फ रु ६७ करोड ४६ लाख १७ हजार, मूल्य अभिवृद्धि करतर्फ रु ४२ करोड ३१ लाख ३९ हजार, ब्याज रु छ करोड ९२ लाख ९२ हजार, स्वास्थ्य सेवातर्फ रु तीन करोड ९२ लाख ८८ हजार, घर बहालतर्फ रु एक करोड ९२ लाख ८४ हजार र अन्य रु दुई लाख ४१ हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

     आव २०८०/८१ मा कार्यालयलाई रु ३७ अर्ब ४१ करोड १५ लाख ५४ हजार राजस्व सङ्कलनको लक्ष्य प्राप्त गरेको थियो । उक्त लक्ष्यको आधारमा गत आवमा ६८ दशमलव ०२ प्रतिशत राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । आव २०७९/८० को तुलनमा गत आवमा कम राजस्व सङ्कलन भएको उहाँको भनाइ छ । 

    images
    images

     आव २०७९/८० मा रु २६ अर्ब ३१ करोड १२ लाख ७४ हजार राजस्व सङ्कलन भएको थियो । गत आवमा अन्तशुल्कतर्फ मात्र रु ३६ अर्ब राजस्व सङ्कलनको लक्ष्य प्रदान गरिएको थियो । 

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend