images

२०८३ आश्विन २१ गते

images
images
images

बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइँदै

बालबालिकालाई भिटामिन 'ए' र जुकाको औषधी खुवाइँदै

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • महोत्तरी । यही वैशाख ६ र ७ गते महोत्तरी जिल्लामा भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेकोले कुनै बालबालिका नछुट्ने गरी सहयोग गरिदिन स्वास्थ्य कार्यालय महोत्तरीले अनुरोध गरेको छ ।पोषण विशेष र राष्ट्रिय भिटामिन ए कार्यक्रम सम्बन्धी सञ्चारकर्मीहरूसँगको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालयले सञ्चारकर्मीहरूलाई सबै बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागीताका लागि सहयोग गरिदिन हुन अनुरोध गरेको छ । 

    images
    images

    कार्यालयका पोषण कार्यक्रमका फोकल पर्सन प्रतिभा सिंहले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरूलाई भिटामिन ए र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधी निःशुल्क खुवाइने कार्यक्रम रहेकोले बढी भन्दा बढी प्रचारप्रसार गरि सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले भिटामिन ए, जुकाको औषधीसँगै वालभिटा वितरण तथा पोषण सम्बन्धी चेकजाँच समेत गरिने जानकारी दिनुभयो ।

    उहाँले वर्षमा दुई पटक अभियानको रूपमा सञ्चालित हुँदै आएको यो कार्यक्रम यही वैशाखको ६ र ७ गते जिल्लाको सम्पूर्ण पालिकामा हुने भएकोले कुनै बालबालिका नछुट्न भनेर प्रचारप्रसार र सहयोग गरिदिन अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । महोत्तरी जिल्लामा ५१ हजार ४७७ बालबालिकाहरूलाई यस अभियान अन्तर्गत औषधी खुवाउने लक्ष्य राखिएको जानकारी दिनुहुँदै उहाँले हरेक पालिकाको वडाहरूमा रहेको टोल टोलमा स्वंयसेविकाहरू मार्फत आ–आफ्नो बालबालिकालाई औषधी खुवाउन अभिभावकहरूलाई आग्रह गर्नुभयो । आँखालाई स्वस्थ राख्ने, बालबालिकाको वृद्धि विकास गर्ने कार्यमा भिटामिन एको महत्त्वपूर्ण भूमिका रहने गरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend