images

२०८३ आश्विन २० गते

images
images
images

एलओडी विश्वकै उत्कृष्ट क्लबको ४४औं स्थानमा

एलओडी विश्वकै उत्कृष्ट क्लबको ४४औं स्थानमा

images
images
बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • काठमाडौ‌ं । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिङ्क्स् विश्वकै उत्कृष्ट क्लब मध्ये ४४औं स्थानमा परेको छ ।बेलायतस्थित डीजे म्यागले छनोट गर्ने सन् २०२५ का लागि १०० उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ४४औं स्थानमा परेको हो । म्यागमा विश्वभरका सय उत्कृष्ट डिजे क्लब सहभागी थिए । डीजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनोट गर्ने गर्छ । डीजे म्यागमा यसपटक विभिन्न मुलुकका ५०० क्लब सहभागी थिए ।

    images
    images

    एलओडी डीजे म्याग टप १०० को छनोट भएर ४४औं स्थानमा पर्न सफल भएकोले राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक भूपेन कुँवरले बताए ।‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालका लागि गौरवको विषय हो,’ कुँवरले भने, ‘टप १०० को ४४ भित्र एलओडी छनोट भएसँगै नेपालको नाम पनि जोडिएर आउँछ ।’

    सय वटा उत्कृष्ट क्लबमा एलओडी पर्दा विश्वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ छ । विश्वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै कुँवरले रात्रीकालीन जीवनका पारखी तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए ।मनोरञ्जन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दा पर्यटन उद्योग फस्टाउने उनको दाबी छ । टप १०० मा क्लब परेकाले स्वदेशी तथा विदेशीहरू पर्यटक आउन सक्ने उनले बताए ।कुँवरका अनुसार क्लबका लागि अब थप नयाँ चुनौती बनेको छ । ४४औं स्थानमा परेसँगै क्लबलाई आकर्षक बनाउँदै लगिने उनले प्रष्ट पारे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend