images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • एक वर्षमा निर्जीवन बीमा कम्पनीले गरे...

एक वर्षमा निर्जीवन बीमा कम्पनीले गरे ४१ अर्ब ४० करोड बढीको व्यवसाय

एक वर्षमा निर्जीवन बीमा कम्पनीले गरे ४१ अर्ब ४० करोड बढीको व्यवसाय

images
images
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
अर्थ समाचार
बुधवार, श्रावण १६ २०८१
  • निर्जीवन बीमा कम्पनीहरुले एक वर्षमा ४१ अर्ब ४० करोडमाथि कुल बीमा शुल्क संकलन गरेका छन् । यस अवधिसम्ममा निर्जीवन बीमकले २८ लाख ४९ हजार ९३४ वटा बीमा पोलिसी विक्री गरी ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरका छन् ।

    images
    images

    यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ । यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले ५ अर्ब ४७ करोड ०२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स ४ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ४ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ७२ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले ३ अर्ब १४ करोड रुपैयाँ आर्जन गरेका छन्। समिक्षा अवधिमा यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ७२ करोड रुपैयाँ ,सानिमा जिआइसीले २ अर्ब ६१ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले २ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

    images
    images

    त्यस्तै, प्रभु इन्स्योरेन्सले १ अर्ब ७७ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ५९ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend