images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • आइपीयुको दिगो विकास स्थायी समितिमा राष्ट्रियसभा...

आइपीयुको दिगो विकास स्थायी समितिमा राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित

आइपीयुको दिगो विकास स्थायी समितिमा राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित

images
images
आइतवार, चैत्र २४ २०८१
आइतवार, चैत्र २४ २०८१
  • काठमाडौंः अन्तर–व्यवस्थापिका संघ (आइपीयु)को दिगो विकास स्थायी समितिमा एसिया–(प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित भएकी छन्। उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएकी हुन्।

    images
    images

    सांसद डा.शाक्य सँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो। अन्तर व्यवस्थापिका संघको १५०औं वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरे सहितको टोलीले भाग लिइरहेका छन्।

    सभामुख घिमिरेले आइपीयुको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै डा.शाक्यको समर्थनका लागि आग्रह गरेका थिए।

    images
    images

    सांसद डा.शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गरेकी थिइन्। नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो। सांसद डा.शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तर्राष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्याएको महसुस आफूले गरेको बताइन्।

    “सभामुखज्यूले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो”, डा.शाक्यले भनिन्, “मैले पनि व्यक्तिगत रूपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ। हामी सबैको प्रयासले सफलता प्राप्त भयो।”

    उनले प्रधानमन्त्री, सभामुख, संसद् सचिवालयको अन्तरराष्ट्रिय महाशाखा लगायतलाई पनि धन्यवाद दिइन्। सांसद डा.शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुन्।

    उनकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend