images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • बिम्स्टेक शिखर सम्मेलनलाई आज प्रधानमन्त्री केपी...

बिम्स्टेक शिखर सम्मेलनलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दे

बिम्स्टेक शिखर सम्मेलनलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दे

images
images
शुक्रवार, चैत्र २२ २०८१
शुक्रवार, चैत्र २२ २०८१
  • बैङ्ककः प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् । ओली सहित  सदस्य मुलुकका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    images
    images

    शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कायसूचीहरु प्रस्तुत गरिनेछन् ।

    तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ । सम्बोधनपछि कार्यसूचीहरु पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ।

    images
    images

    सम्मेलनमा दिवाभोजपछि स्थानीय समय अनुसार अपराह्न ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुईपक्षीय भेटवार्ता हुने बताइएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend