images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • नेपाल पुनर्बीमाको चौथो त्रैमासिक वित्तीय विवरण...

नेपाल पुनर्बीमाको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, घट्यो नाफा

नेपाल पुनर्बीमाको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, घट्यो नाफा

images
images
बिहिवार, चैत्र २१ २०८१
बिहिवार, चैत्र २१ २०८१
  • काठमाडौं । सेयर बजारमा धेरै कारोबार हुने कम्पनीमा प्रायः टप १० भित्र पर्ने एउटा कम्पनी हो– नेपाल पुनर्बीमा । बुधबार धेरै रकमको कारोबार हुनेमा यो छैटौं स्थानमा छ । नेपालमा सञ्चालनमा रहेका दुई पुनर्बीमा कम्पनीमध्ये यसमा सरकारी स्वामित्व छ ।

    images
    images

    तर कम्पनीले वित्तीय विवरण निकाल्न सधैं ढिलाई गर्दै आएको छ । अरु कम्पनीले चालु वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको दुई महिना पूरा भइसक्दा यो कम्पनीले भने बल्ल गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

    सार्वजनिक विवरणअनुसार गत आर्थिक वर्ष कम्पनीले १ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आर्थिक वर्ष (२०७९/८०)को तुलनामा करिब २७ प्रतिशत घटेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा १ अर्ब ५५ करोड थियो ।

    images
    images

    नाफा घट्दा वार्षिक प्रतिसेयर आम्दानीमा असर परेको छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४३ पैसा छ । यस्तो आम्दानी पहिले १२ रुपैयाँ १७ पैसा थियो ।कम्पनीको खुद प्रिमियम आम्दानी घटेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ९ अर्ब ८८ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ४९ करोडमा खुम्चियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार ३१२ रुपैयाँ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend