images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर...

अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर गुम्दै

अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर गुम्दै

images
images
बुधवार, चैत्र २० २०८१
बुधवार, चैत्र २० २०८१
  • काठमाडौं । अमेरिकामा हजारौं सरकारी स्वास्थ्यकर्मीहरूले जागिर गुमाउने भएका छन् । स्वास्थ्यकर्मीहरु सहित अन्य सरकारी कर्मचारीले जागिर गुम्ने बताइएको छ ।

    images
    images

    कर्मचारीहरूलाई मङ्गलबार कार्यालयको गेटमा रोक्दै यसको सुरुवात गरिएको थियो ।जागिर गुमाउनेमा अधिकाङ्श शीर्ष अधिकारीहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीलाई बर्खास्त गरिने घोषणा गरेका थिए ।

    अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए) का ३ हजार ५०० कर्मचारीलाई हटाउने योजना रहेको बताएको थियो।साथै, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) बाट २ हजार ४०० कर्मचारीहरूलाई बर्खास्त गरिने भएको छ । यसबाहेक, प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १ हजार २०० कर्मचारीलाई हटाउनुपर्ने बताएको छ । -एजेन्सी

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend