images

२०८३ आश्विन २० गते

images
images
images

एकै वर्ष २३ अर्बका ७ हजार धेरै शंकास्पद कारोबार

एकै वर्ष २३ अर्बका ७ हजार धेरै शंकास्पद कारोबार

images
images
सोमवार, चैत्र १८ २०८१
सोमवार, चैत्र १८ २०८१
  • काठमाडौँ ।  बैंक तथा वित्तीय संस्थासहित विभिन्न माध्यमबाट शंकास्पद कारोबार पाँच वर्षयताकै धेरै देखिएको छ।नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०२३/०२४ मा राष्ट्र बैंकले २३ अर्ब रकम बराबरको ७ हजार ३ सय ३८ वटा कारोबार शंकास्पद भेट्टाएको हो। यो अघिल्लो ५ वर्षयताकै उच्च हो। आर्थिक वर्ष २०१९/२० मा १ हजार ९० वटा यस्ता कारोबार फेला पारेको राष्ट्र बैंकको वित्तीय इन्टेलिजेन्स युनिटले सन् २०२०/२१ मा १ हजार ५ सय ३३ वटा शंकास्पद कारोबार भेट्टाएको थियो।  

    images
    images

    यसैगरी सन् २०२१/२२ मा २ हजार ७ सय ८० वटा शंकास्पद कारोबार भेट्टाएकामा सन् २०२२/२३ मा ५ हजार ९ सय ३५ वटा कारोबार फेला पारेको थियो।पछिल्लो २ वर्षको अन्तरालमा शंकास्पद कारोबार १ सय ६३ प्रतिशतले बढेको हो।सन् २०२२/२३ मा २७ सयबाट यस्तो कारोबार एकैपटक ५ हजार ९ सय वटामा पुगेको देखिन्छ भने त्यसको पछिल्लो वर्ष पनि थप बढेर यस्तो कारोबार ७ हजार माथि पुगेको देखिन्छ। 

    सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अनुसन्धान तथा वित्तीय कारोबार व्यवस्थापन गर्न नसक्दा नेपाल सम्पत्ति शुद्धीकरण तथा आतंकवादी गतिविधि मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीफ)को ग्रे लिस्टमा परिसकेको छ। गत फागुनमा उक्त संस्थाले शंकास्पद वित्तीय कारोबार बढेको भन्दै गत फागुनमा ग्रे लिस्टमा राखेको थियो। नेपाल राष्ट्र बैंकको वित्तीय इन्टेलिजेन्स युनिटले गरेको अध्ययनले पनि नेपालमा शंकास्पद वित्तीय कारोबारहरु अत्यधिक रुपमा बढेको देखाएको छ। 

    images
    images

    गत वर्ष (सन् २०२३/२४) मा मात्रै शंकास्पद कारोबार र शंकास्पद गतिविधि मात्रै २३.३६ प्रतिशतले बढी भएको उक्त युनिटले फेला पारेको छ।  केन्द्रीय बैंकको उक्त युनिटलाई ९ वटा संस्थाहरुले शंकास्पद कारोबार तथा गतिविधिबारे जानकारी गराएका थिए। जसमा सबैभन्दा धेरै नेपाल प्रहरीले ६१५ वटा कारोबारलाई शंकास्पद गतिविधिको भन्दै युनिटलाई खबर गरेको थियो भने राजस्व अनुसन्धान विभागबाट १९७ वटा कारोबारबारे रिपोर्टिङ भएको थियो।योबाहेक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ६० वटा कारोबार फेला पार्दा राष्ट्र बैंकले ३७ वटा शंकास्पद कारोबारबारे युनिटलाई रिपोर्टिङ गरेको थियो। 

    योबाहेक आन्तरिक राजस्व विभागले ३८ वटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १९ वटा, नेपाल धितोपत्र बोर्डले ३ वटा, समाज कल्याण परिषद्ले २ वटा र नेपाल बीमा प्राधिकरणले एउटा शंकास्पद कारोबारबारे रिपोर्टिङ गराएका थिए। विभिन्न निकायबाट आएका शंकास्पद गतिविधि तथा उनीहरुले गरेको कारोबारलाई विश्लेषण गर्दा युनिटले सबैभन्दा धेरै बैंक, वित्त, विदेशी विनिमय, सहकारी तथा नेगोसिएबल इन्स्ट्रुमेन्ट (वार्तायोग्य माध्यम)लगायतबाट शंकास्पद कारोबारहरु भएको भेट्टाएको छ। त्यसैगरी चिठ्ठा, दान तथा जुवाहरुमा पनि ७९ वटा कारोबार शंकास्पद भेटेको छ।

    योबाहेक कर तिर्दा, ठगी गर्दा, भ्रष्टाचार गर्दा वा घुस लिँदा, हत्या तथा हिंसा फैलाउने, तस्करी गर्ने, मानव बेचबिखन, नागरिकता पासपोर्ट तथा बसाइँसराइ गर्दा, जस्ता १३ वटा कार्यहरुबाट शंकास्पद कारोबार गरेको युनिटले पाएको छ।७ हजारभन्दा धेरै शंकास्पद कारोबारलाई विश्लेषण गरेको युनिटले वाणिज्य बैंकहरुबाट मात्र २१ अर्बबराबरको ६ हजार १८१ वटा कारोबार फेला पारेको थियो। त्यस्तै विकास बैंकहरुबाट ६८ करोडबराबरका ४९१ वटा कारोबार रिपोर्टिङ हुँदा  भुक्तानी प्रदायक कम्पनीहरुबाट ६३ करोड रुपैयाँबराबरका १८१ कारोबार फेला परेको वित्तीय इन्टेलिजेन्स युनिटले जनाएको छ।

    यो वर्ष शंकास्पद कारोबार सर्वाधिक देखिनेमा वाणिज्य बैंक र विकास बैंकपछि भुक्तानी प्रदायक कम्पनी तथा डिजिटल वालेटहरु तेस्रो नम्बरमा देखिएका छन्। योबाहेक धितोपत्र खरिदबिक्री गर्दा पनि सेबोन र ब्रोकर तथा धितोपत्रसम्बन्धी कारोबार गर्ने संस्थाहरुले ३ सय ३० करोडको ५२ वटा कारोबारबारे राष्ट्र बैंकलाई रिपोर्टिङ गरेका थिए। वित्त कम्पनीहरुबाट पनि ४१ करोडबराबरका २१७ वटा कारोबार शंकास्पद रहेको रिपोर्टिङ भएको छ। यीबाहेक बीमा कम्पनीहरुबाट ५ करोड, सहकारीबाट ३ करोड, क्यासिनो तथा सरकारकै अन्य निकायबाट ५० लाख र लघुवित्तबाट ३३ लाखबराबरको शंकास्पद कारोबार फेला परेको थियो।

    नेपालमा पछिल्लो समय हुण्डीबाट अवैध मुद्रा भित्रिने गरेको छ। गत चैतमा मात्रै पनि २५ करोडबराबरको विदेशी मुद्रा नेपालमा फेला परेको थियो। यस्ता मुद्राहरु नेपालमा अन्य समयभन्दा धेरै भित्रिरहेको र त्यस्ता रकमबाट नै भ्रष्टाचार घुसखोरी मौलाएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend