काठमाडौं । यामाहा नेपालले नयाँ वर्ष २०८२ को अवसरमा ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ।
यामाहा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकलाई फेसबुक पेजमा रहेको पोस्ट सेयर गरेबापत १ हजार रुपैयाँको छुट दिने निर्णय गरेको छ। साथै, कम्पनीले मोटरसाइकल नकिन्दै ५० हजार रुपैयाँसम्मको नगद छुट जित्ने अफर पनि दिएको छ।
यामाहाले ‘थ्रिल अफ थ्री’ नामक नयाँ वर्ष स्कीम ल्याएको छ, जसमा ग्राहकले मोटरसाइकल किन्नु अघि नै नगद छुट र किनेपछि क्यास ब्याक पाउनेछन्। यस योजना अन्तर्गत, ग्राहकले घरमै बसेर आफ्नो विवरण भरेर ५० हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन्। मोटरसाइकल किनेपछि कम्पनीले १ लाख रुपैयाँसम्मको क्यास ब्याक दिने जानकारी पनि दिइएको छ।
यस स्कीममा ग्राहकहरूले कुनै पनि पुरानो यामाहा मोटरसाइकललाई नयाँ यामाहा मोटरसाइकल वा स्कुटरसँग साट्न सक्नेछन्। कम्पनीले एक्सचेन्ज र सरल फाइनान्स सेवाको सुविधा पनि उपलब्ध गराएको छ। यामाहाका ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरमा फाइनान्स सेवा प्राप्त गर्न सक्नेछन्।




.gif)





