images

२०८३ आश्विन १७ गते

images
images
images

स्काईवेलको डिस्ट्रिब्युटरले पोखरामा खोल्यो सोरुम

स्काईवेलको डिस्ट्रिब्युटरले पोखरामा खोल्यो सोरुम

images
images
शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलले पर्यटन नगरी पोखरामा सोरुम आज औपचारिक उद्घाटन गरेको छ। नेपालमा पाइने विद्युतीय सवारी साधनहरूमध्ये सबैभन्दा बढी ६२० किलोमिटर रेन्ज भएको प्रिमियम एसयुभी स्काईवेल इटी फाइभ नेपाली बजारमा एक वर्षअघि भित्र्याएको थियो। 

    images
    images

    बुधबार नाडाका पूर्व अध्यक्ष ध्रुव थापाले एक समारोहका बीच रिबन काटेर बिक्री कक्षको उद्घाटन गरे। उद्घाटनका अवसरमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु र कन्ट्री म्यानेजर भिरा एवं जि मोटर्सका प्रबन्ध निर्देशक कैलाश बाबु गेलाल, कार्यकारी निर्देशक पारस मणी गेलाल तथा स्काईवेलका पोखरा वितरक इको मोटर्स का सञ्चालक अर्जुन गिरीको उपस्थिति रहेको थियो। 

    चीनमा बनेर विश्वका ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेलले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मिडल इस्ट, रसियासहित एशियामामा समेत आफ्नो बलियो बजार साख श्रृजना गरिसकेको छ।स्काईवेल चिनियाँ ईलेक्ट्रोनिक्स्जाइन्ट स्काईवर्थको ब्राण्ड हो। राम्रो फाइनान्सियल ब्याक अप, रिसर्च एण्ड डेभलपमेन्टमा ठूलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो प्रभुत्व कायम गर्न सकेको हो। नेपाली बजारमा भित्रिएको एक वर्ष भित्रमै राम्रो ब्रण्ड भ्यालु कायम गर्न सकेको स्काईवेलले १०० भन्दा बढी एसयुभीहरू नेपालमा बिक्री गरिसकेको छ। 

    images
    images

    नेपालका लागि आधिकारिक आयातकर्ता तथा विक्रेता जि. मोटर्स रहेको स्काईवेलले छोटो समयमा हाँसिल गरेको उपलब्धिको प्रमुख कारण प्रिमियम उत्पादन, स्थापित ब्राण्ड र नेपालमा जि. मोटर्सको बलियो बिक्री पश्चातको सेवा भएको देखिन्छ। कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले भने, ‘पोखराका कार पारखीलाई हामी नयाँ अनुभव दिन सफल हुनेछौं। २०० मिलिमिटरको उच्च ग्राउण्ड क्लियरेन्स र ६२० किलोमिटरको रेन्ज भएकाले पोखराका पर्यटन व्यवसायीले यसबाट व्यावसायिक लाभ समेत हासिल गर्न सक्नुहुनेछ। युरोप, अष्टेलिया र मिडल ईष्टका पर्यटक नेपाल आउँदा आफूले पहिल्यै आफ्नो देशमा देखिसकेका लग्जरी गाडि पोखरामा देख्न र प्रयोग गर्न पाउँदा पक्कै पनि त्यसले नेपालको पर्यटन क्षेत्रको गुणस्तरका सन्दर्भमा सकारात्मक सन्देश विश्व माझ प्रवाह हुनेछ।’ 

    आयोजित समारोहमा बोल्दै जि. मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलाल भन्नुहुन्छ, स्काईवेल साधारण ईभी मात्र होइन यो प्रिमियम एसयुभी ब्राण्डको रूपमा छोटो समयमै प्रतिष्ठा आर्जन गर्न सफल भएको लक्जरी सवारी साधन हो। यो सवारी चढेर हिँड्ने हाम्रा ग्राहकले जति गर्व गर्नुहुन्छ, यथार्थमा त्यस अनुसारको नेपाली बजारमा ब्राण्ड भ्यालु र सेवा सुविधा बनाउनु हाम्रो दायित्व हो त्यसमा हामी कहीँ चुक्ने छैनौं।’ 

    एक करोड १५ लाख रुपैयाँ मूल्यसम्म पर्ने स्काईवेलका एसयुभीको सुरुवाती भेरियन्टको ४१० किलोमिटर रेन्ज भएको एसयुभी नै ७९ लाख ९० हजार रुपैयाँ मूल्य पर्छ। यसै वर्ष स्काईवेलले अहिले सम्मकै प्रिमियम फिचर भएको सानो एसयुभी पनि लिएर आउँदैछ। स्काईवेलका पोखरा वितरक इको मोटर्सका सञ्चालक अर्जुन गिरीले स्काईवेलले पोखराका उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने अपेक्षा गरिएको बताउँदै बिक्रीपश्चात ग्राहकसँग नयाँ सम्बन्धको सुरुवात हुने र बिक्री पश्चातको सेवामा अग्रणी रहने प्रतिबद्धता जाहेर गरे। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend