images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • ट्रम्पले ९० दिनका लागि रोकिदिएको एमसीसी...

ट्रम्पले ९० दिनका लागि रोकिदिएको एमसीसी फेरि सुरु गर्न दियो अनुमति

ट्रम्पले ९० दिनका लागि रोकिदिएको एमसीसी फेरि सुरु गर्न दियो अनुमति

images
images
आइतवार, चैत्र १० २०८१
आइतवार, चैत्र १० २०८१
  • काठमाडौं । अमेरिकी सरकार अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले नेपालमा सञ्चालित एमसीसी परियोजना तत्कालका लागि फेरि सुरु गर्न अनुमति प्रदान गरेको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले अमेरिकी सरकारले एमसीसीअन्तर्गतका परियोजना अघि बढाउन अनुमति प्रदान गरेको जानकारी दिएको छ।

    images
    images

    तर ९० दिनको समीक्षा अवधि भने अझै जारी रहेकाले कार्यक्रमको निरन्तरताबारे भने प्रष्ट छैन। डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएर आएपछि सबै प्रकारका विदेशी अनुदान स्थगन गरेका थिए। सो क्रममा एमसीसी परियोजना स्थगित भएको थियो भने नेपालमा सञ्चालित यूएसएडका कतिपय कार्यक्रम खारेजीमै परेका छन्। 

    ‘अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्य अगाडि बढाउन अनुमति प्रदान गरेको छ,’ एमसीए नेपालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अनुमतिले समीक्षाबाट निस्किने कुनै निश्चित परिणामप्रति भने कुनै संकेत गर्दैन।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशलाई अनुशरण गर्दै एमसीसीले लिएको कदमले नेपालको परियोजना अन्योलमा परेको थियो। एमसीसीले गत फागुन २ मा नेपाल सरकारलाई पत्राचार गरेर भुक्तानी रोक्ने जानकारी दिएको थियो। अहिले त्यही स्थगित परियोजना पुनः सुरु हुन लागेको एमसीएले जनाएको छ।

    images
    images

    ‘एमसीए नेपाल अमेरिकी सरकारको वैदेशिक सहायता सम्बन्धी समीक्षाबारे अद्यावधिक विवरणको प्रतीक्षा गर्दै आफूबाट हुनुपर्ने काम भएको सुनिश्चित गर्न नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग निकटतापूर्वक समन्वय गरिरहेको छ,’ एमसीएले जारी गरेको सूचनामा भनिएको छ।

    एमसीए नेपाल एमसीसीअन्तर्गतको कार्यक्रम हो। ०७४ भदौ २९ मा नेपाल सरकार र एमसीसीबीच भएको सम्झौता अनुसार ०८० भदौ १३ देखि परियोजना कार्यान्वयन सुरु भएको थियो। सुरुआती सम्झौतामा ६९ करोड ७० लाख डलर (करिब ९२ अर्ब) परियोजनामा अमेरिकी सरकारले ५० करोड डलर र नेपाल सरकारले १९ करोड ७० लाख डलर व्यहोर्ने उल्लेख छ। गत पुसमा अमेरिकी सरकारले परियोजनाका लागि थप ५ करोड डलर दिने घोषणा गरेको थियो।ट्रम्पले ९० दिनका लागि भन्दै अनुदान रोकिदिएका भए पनि एमसीसीको अनुदानमा हुने काम भने नेपालमा चलिरहेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend