काठमाडौंः काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज (शनिबार) दिनभर विद्युत अवरूद्ध हुने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौंको जोरपाटी वितरण केन्द्र, बानेश्वर वितरण केन्द्र र ललितपुरको पुल्चोक वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत पर्ने स्थानहरूमा विद्युत अवरूद्ध हुने भएको छ।
जोरपाटी वितरण केन्द्रको मुलपानी फिडर अन्तर्गत पर्ने मुलपानी–साझाबारी आसपासका स्थानमा बिहान १० देखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । त्यहाँ एचटी लाइन स्थानान्तरण कार्यका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।
त्यस्तैगरी बानेश्वर वितरण केन्द्रको इमाडोल फिडर अन्तर्गत पर्ने कोटेश्वर–सहयोगीनगर क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरूद्ध हुनेछ । ती क्षेत्रमा एसिएसआर अपग्रेडिङका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ । त्यस्तै ललितपुरमा पुल्चोक वितरण केन्द्रको कुपनडोल फिडर मध्याह्न १२ बजेदेखि दिउँसो साढे २ बजेसम्म सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।
ती फिडर अन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंलामुखी, शंखमुल, पाटनढोका, मंगलबजार, छबाल एरियामा विद्युत अवरूद्ध हुनेछ । उक्त स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधा प्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समय अगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने प्राधिकरणले सूचना मार्फत जानकारी दिएको छ ।




.gif)





