images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • आजको मौसमः केहि स्थानमा मेघगर्जन चट्याङ्ग...

आजको मौसमः केहि स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

आजको मौसमः केहि स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

images
images
शुक्रवार, चैत्र ८ २०८१
शुक्रवार, चैत्र ८ २०८१
  • २०८१ चैत्र ०८  गते (शुक्रबार)

    images
    images

    आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा  मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको  उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राती देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश,मधेश प्रदेश गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरु लगययत बाँकी पहाडी भूभागका एक दुइ स्थानमा  मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको  उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images
    images

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

    आज कोशी प्रदेश,  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend