images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा १०...

बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • काठमाडौं ।  भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज (एससिटी) ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटी स्मार्ट वेनस्डे अफर सुरू गर्ने भएको छ।

    images
    images

    यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी–युपिआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रूपैयाँ हुने गरी छुट प्राप्त गर्नेछन्।यसको लागी भुक्तानी गर्न एससिटी–युपिआई कार्ड प्रयोग गरी पिओएस मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ। यो अफर ६ महिनासम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ।

    एससिटीले हाल २१ वटा बैंक तथा वितिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससिटी–युपिआई कार्ड जारी गर्दै आइरहेको छ।यो अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ। 

    images
    images

    एससिटी–युपिआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससिटी–युपिआइ कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend