images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • ३० वर्षपछि त्रिभुवन बहुमुखी क्याम्पसमा...

३० वर्षपछि त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

३० वर्षपछि त्रिभुवन बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी

images
images
बुधवार, चैत्र ६ २०८१
बुधवार, चैत्र ६ २०८१
  • पाल्पा । त्रिभूवन विश्वविद्यालयभन्दा पहिले नै स्थापना भएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी विजयी भएको छ ।३० वर्षदेखिको नेपाल विद्यार्थी संघ (नेविसंघ)को किल्ला भत्काउँदै सभापतिमा अखिल क्रान्तिकारीका मिलन घर्तीमगर विजयी भएका हुन् ।

    images
    images

    मिलनले कुल खसेको १२२८ मतमा ३९० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघ (नेविसंघ)का कृष्ण अर्यालले ३४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले जानकारी दिए ।सचिव पदमा भने नेपाल विद्यार्थी संघका सुशील बस्याल ५१७ मतका साथ विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी अखिल क्रान्तिकारीका विपिन पंगेनीले ३३२ मत पाए ।

    कोषाध्यक्षमा पनि नेविसंघकै मिस्मा राना ४१६ मतका साथ विजयी हुँदा निकटतम प्रतिस्पर्धी गंगादेवी बाह्रघरेले ३४५ मत पाइन् ।सदस्यहरुमा नेविसंघकी आशिका विश्वकर्माले ३९०, ज्योति दर्लामीले ४२६, तोरण रास्कोटीले ३८७, नवीन थापा ३९८, बबिता थापाले ४०५, सुजल भटराईले ४५२ र अखिल क्रान्तिकारीकी इच्छा थापाले ३६० मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

    images
    images

    त्रिभुवन विश्वविद्यालय स्थापना हुनुभन्दा पहिले खुलेको यो क्याम्पस पश्चिम नेपालीको पुरानो क्याम्पसका रूपमा चिनिन्छ । यो क्याम्पसमा ३० वर्षसम्म नेपाल विद्यार्थी संघले नेतृत्व गर्दै आएको थियो । यो क्याम्पसमा पहिलोपटक नेविसंघको किल्ला तोडिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend