काठमाडौं । धुलिखेल हस्पिटलमा रोजगारीको अवसर खुलेको छ।हस्पिटलले केही संख्यामा मेडिकल ल्याब टेक्निसियन र फार्मेसी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो।
मेडिकल ल्याब टेक्निसियनको न्यूनतम योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट मेडिकल ल्याब विषयमा पिसिएल उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, नेपाल स्वास्थ्य व्यावसायी परिषदमा दर्ता भएको हुनु पर्नेछ।यस्तै, फार्मेसी एसिस्टेन्ट पदमा आवेदन दिने इच्छुकले मान्यता प्राप्त शैक्षिक संस्थाबाट फार्मेसी विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ।
साथै, नेपाल फार्मेसी परिषदमा दर्ता भएको हुनु पर्नेछ।योग्यता पुगेका इच्छुक नेपाली नागरिकले चैत १७ गतेसम्म आवेदन दिन सक्नेछन्।परीक्षा दस्तुर पाँच सय रूपैयाँ तोकिएको छ।




.gif)





