images

२०८३ आश्विन २७ गते

images
images
images

३ सय रुपैयाँले घट्यो सुनको मूल्य

३ सय रुपैयाँले घट्यो सुनको मूल्य

images
images
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
अर्थ समाचार
शुक्रवार, श्रावण ११ २०८१
  •  काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४४ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ४५ हजारमा कारोबार भएको थियो ।

    images
    images

    साउन २ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यसयता सुनको भाउ तोलामा ५ हजार १ सय रुपैयाँ घटिसकेको छ ।

    त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १७३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    images
    images

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend