images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • लमजुङमा एसइईका लागि १६ परीक्षा केन्द्र...

लमजुङमा एसइईका लागि १६ परीक्षा केन्द्र ताेकियाे

लमजुङमा एसइईका लागि १६ परीक्षा केन्द्र ताेकियाे

images
images
शुक्रवार, चैत्र १ २०८१
शुक्रवार, चैत्र १ २०८१
  • लमजुङ । लमजुङमा दुई हजार ९४१ जनाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । चैत ७ गतेदेखि हुने परीक्षाका लागि १६ वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ ।

    images
    images

    जिल्लाका छ वटा स्थानीय तहमा १६ परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जानकारी दिएको छ । परीक्षामा नियमित तर्फ दुई हजार चारसय ७४ र ग्रेड वृद्धितर्फ चारसय ६७ परीक्षार्थी सहभागी हुनेछन् । गतवर्ष २ हजार ६ सय ५० जनाले परीक्षा दिएका थिए । यो वर्ष २९१ परीक्षार्थी बढेको शिक्षा समन्वय इकाई लमजुङका प्रमुख दिवाकर शर्माले जानकारी दिनुभयो । 

    परीक्षाका लागि बेसीशहरमा पाँच, मध्यनेपाल, सुन्दरवजार र राईनासमा तीन÷तीनवटा, दोर्दी र मस्र्याङदीमा एक÷एक विद्यालयमा परीक्षा केन्द्र कायम भएको छ । इकाईका अनुसार बेसीसहरको जनविकास माविमा ६ वटा विद्यालयका दुईसय ७८, बेसीशहरकै चण्डीडाँडाको जनविकास माविमा ६ विद्यालयका एकसय ६५ जना, बेसीसहरको भूपू सैनिक आवासिय माविमा नौ विद्यालयका तीनसय ३८ विद्यार्थी परिक्षामा सहभागी हुनेछन् । 

    images
    images

    त्यसैगरी बेसीशहरकै भकुण्डेस्थित बालकल्याण माविमा सातवटा विद्यालयका एकसय ४४ र बेसीसहर–१, उदिपुरको जनकल्याण माविमा चार विद्यालयका एकसय ७२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । मध्यनेपालको कुष्माकर माविमा सातवटा विद्यालयका दुईसय १० जना, इशानेश्वर माविमा ६ वटा विद्यालयका एकसय ३२ र भैरवकाली माविमा सातवटा विद्यालयका एकसय ८८ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । 

    त्यसैगरी सुन्दरवजारको भक्ती नमुना मावि परीक्षा केन्द्रमा ६ विद्यालय दुईसय ३२ जना, विद्याज्योती मावि खहरेमा १० विद्यालयका एकसय ४८ जना र आदर्श बाल माविमा चार विद्यालयका एकसय ७८ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । त्यस्तै राईनासको शैलपुत्री मावि परीक्षा केन्द्रमा चारवटा विद्यालयका एकसय ९२ जना, बीरभक्ती मावि तार्कुघाट परीक्षा केन्द्रमा चार विद्यालयका एकसय १६ जना र बुद्धमिलन मावि प्यारजुङमा सात विद्यालयका एकसय २२ जना विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । 

    दोर्दी गाउँपालिका अन्तर्गत चैतन्योदय मावि नौथरमा पाँच विद्यालयका एकसय ४४ जना परिक्षार्थी परिक्षामा सहभागी हुनेछन भने मस्र्याङदी गाउँपालिकाको अमर मावि परिक्षा केन्द्रमा आठवटा विद्यालयका एकसय ८२ विद्यार्थी परीक्षामा सहभागी हुनेछन् । क्होलासोँथार र दुधपोखरी गाउँपालिकामा यसवर्ष परीक्षा केन्द्र राखिएको छैन । दुधपोखरी अन्तर्गतका विद्यालयका परिक्षार्थीहरुलाई राईनासको प्यारजुङमा परीक्षा केन्द्रमा र क्व्होलासोँथार अन्तर्गतका विद्यालयका परीक्षार्थीहरुलाई बेसीशहर र मध्यनेपालका परीक्षा केन्द्रमा तोकिएको शिक्षा विकास तथा समन्वय इकाई लमजुङले जनाएको छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend