images

२०८३ आश्विन २२ गते

images
images
images
  • समाचार
  • जग्गा भाडामा लिएर सञ्चालन नगर्ने ३...

जग्गा भाडामा लिएर सञ्चालन नगर्ने ३ उद्योगसँगको सम्झौता रद्द

जग्गा भाडामा लिएर सञ्चालन नगर्ने ३ उद्योगसँगको सम्झौता रद्द

images
images
सोमवार, फाल्गुण २६ २०८१
सोमवार, फाल्गुण २६ २०८१
  • मकवानपुर । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौँडाले औद्योगिक क्षेत्रको जग्गा भाडामा लिएर उद्योग सञ्चालन नगर्ने ३ उद्योगको सम्झौता रद्द गरेको छ ।

    images
    images

    कार्यालयका सूचना अधिकारी रमेशराज नेपालका अनुसार उद्योग सञ्चालन गर्ने भन्दै हेटौँडा औद्योगिक क्षेत्र भित्रको जग्गा सम्झौता गरेर संरचना निर्माण गरे पनि जग्गा मात्रै ओगटेर बसेपछि सम्झौता रद्द गरिएको हो ।

    यसरी सम्झौता रद्द गरिएका उद्योगहरूमा नाथ फुड्स इण्डष्ट्रिज, लक्ष्मी पेन्ट्स र सनराइज कन्टेनर प्रा.लि. रहेको उनले बताए । सूचना अधिकारी नेपालका अनुसार ती उद्योगहरूले २०७२ र २०७३ सालमा उद्योग स्थापना गर्न भन्दै जग्गा भाडा लिएका थिए ।

    images
    images

    सम्झौता रद्द गरिएका उद्योगहरूले उद्योग सञ्चालन गर्न हेटौँडा कपडा उद्योग र विस्तारित औद्योगिक क्षेत्रको जग्गा भाडाका लागि सम्झौता गरेका थिए । जसमा नाथ फुड्स इण्डष्ट्रिजले ७.७५ रोपनी, लक्ष्मी पेन्ट्सले ६.३४ रोपनी र सनराइज कन्टेनर प्रा.लि.ले १०.०३ रोपनी जग्गा भाडामा लिने गरी सम्झौता गरेका थिए ।

    ती उद्योगहरूसँग भएको सम्झौता यसअघि नै गत २७ माघमा बसेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड सञ्चालक समितिको बैठकले रद्द गर्ने निर्णय गरेको थियो । उद्योगहरूसँगको सम्झौता रद्द गर्ने निर्णय भएपछि ३ वटै उद्योगहरू अदालत पुगेका कारण सम्झौता रद्द गर्ने प्रक्रिया केही लम्बिएको सूचना अधिकारी नेपालले बताए । 

    अदालतले औद्योगिक क्षेत्रको पक्षमा निर्णय गरेसँगै ती उद्योग सञ्चालनका लागि भन्दै बनेका संरचनाहरूको लिलामी प्रक्रिया समेत अगाडी बढाइएको छ । उक्त स्थानहरूमा नयाँ उद्योग स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाई छ ।हाल हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेको १४५ वटा औद्योगिक प्लटमा १२७ उद्योग रहेकामा ११५ वटा उद्योग मात्रै सञ्चालनमा रहेको उनले बताए ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend