images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखियो :...

एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखियो : शिक्षा मन्त्री भट्टराई

एसईईको उत्तरपुस्तिका परीक्षणमा कमजोरी देखियो : शिक्षा मन्त्री भट्टराई

images
images
बुधवार, श्रावण ९ २०८१
बुधवार, श्रावण ९ २०८१
  • काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई)को उत्तरपुस्तिका परीक्षणमा कमजोरी भएको बताएकी छन् ।

    images
    images

    बुधबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले राष्ट्रिय परीक्षा बोर्डसँग छलफल गर्दा परीक्षण तथा अंक चढाउने गर्दा समस्या हुने गरेको सुनाइन् । उनले भनिन्, ‘पुनर्योग नतिजा आउन थालेपछि बोर्डसँग हामीले छलफल गर्दा चेकिङमा पनि इरर, नम्बर पोस्टिङ गर्दा अथवा इन्ट्री गर्दा पनि इरर देखियो ।’

    मन्त्री भट्टराईले अब पुरक परीक्षापछि बोर्डको लापरबाहीबारे अध्ययन गरिने जानकारी गराइन् । उनले भनिन्, ‘अध्ययनको क्रममा आउने निष्कर्षको आधारमा गर्नुपर्ने काम गर्छौं । परीक्षा बोर्डलाई नै पुनर्संरचना गर्नुपर्ने हो वा के हो, के कारणले कमजोरी भयो भन्ने बारेमा पुनरावलोकन हुन्छ ।’ भट्टराईले पुरक परीक्षालाई त्रुटिरहित बनाउने प्रयास भइरहेको पनि समितिमा बताएकी छन् ।

    images
    images

    अहिलेसम्म पुनर्योगका लागि १८ हजार ६१२ जनाले आवेदन दिएका छन् । त्यसमध्ये ११ हजार ३२१ जनाको नतिजा पुनः हेर्दा ६२१ जनाको नतिजा परिवर्तन भएको जानकारी पाएको मन्त्री भट्टराईले बताइन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend