images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द...

मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो

मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो

images
images
आइतवार, फाल्गुण २५ २०८१
आइतवार, फाल्गुण २५ २०८१
  • मकवानपुर- मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ। आर्थिकमन्दीका कारण  आर्थिक वर्ष २०७८/७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो। चालु आव २०८१/८२ को सात महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका तीन सय छ वटा व्यापार बन्द भएका छन्।

    images
    images

    उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१/८२ मा उद्योगतर्फ एक सय २७ र वाणिज्यतर्फका एक सय ७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन्।अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ गरी छ सय चार उद्योग व्यापार बन्द भएको थियो। यस्तै आव २०७९/८० मा मकवानपुरमा उद्योगतर्फ एक सय १० र वाणिज्यतर्फ एक सय ७३ गरी दुई सय ८३ उद्योग व्यापारको लगतकट्टा गरिएको थियो भने आव २०७८/७९ मा उद्योगतर्फ एक सय १८ र वाणिज्यतर्फ ७२ गरी एक सय ९० उद्योग व्यापारको लगतकट्टा गरिएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए।

    विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव, युवाहरू वैदेशिक रोजगारीका लागि विदेशिने क्रम बढ्नु र स्थानीय तहमा पनि उद्योग दर्ता गराउनुपर्नेलगायतका कारणले उद्योग तथा वाणिज्यतर्फका उद्योग व्यापारको लगतकट्टा हुने सङ्ख्या बढेको कार्यालय प्रमुख भुसालले बताए।

    images
    images

    प्रमुख भुसालका अनुसार मकवानपुरमा बर्सेनि उद्योग व्यवसायको लगतकट्टा बढ्दै जाँदा नयाँ उद्योग व्यवसाय दर्ता भने घट्दै गएको छ। चालु आव २०८१/८२ को सात महिनामा नयाँ उद्योग र वाणिज्यतर्फ चार सय ३० नयाँ व्यवसायी दर्ता भएको छ। चालु आवमा उद्योगतर्फ दुई सय ५७ र वाणिज्यतर्फ एक सय ७३ गरी चार सय ३० नयाँ उद्योग व्यापार दर्ता भएको कार्यालय प्रमुख भुसालले बताए।जबकी अघिल्लो आव २०८०/८१ मा उद्योगतर्फ तीन सय ६६ र वाणिज्यतर्फ तीन सय ३५ गरी सात सय एक नयाँ उद्योग व्यापार दर्ता भएको थियो। आव २०७९/८९ मा उद्योगतर्फ पाँच सय ७९ र वाणिज्यतर्फ चार सय ३० गरी एक हजार दुई सय ५२ उद्योग व्यापार दर्ता भएको थियो।

    चालु आव २०८१/८२ को सात महिनाको अवधिमा नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरण, लगतकट्टालगायतका शीर्षकबाट रू एक करोड ७० लाख ३२ हजार आठ सय पाँच राजस्व सङ्कलन भएको प्रमुख भुसालले बताए।

    लामो समयदेखिको आर्थिकमन्दीका कारण हेटौँडामा सटरको भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने क्रम समेत बढ्दै गएका छन्। यसरी सम्पर्कविहीन हुनेमा धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेका छन्।  रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend