images

२०८३ आश्विन १७ गते

images
images
images
  • उर्जा
  • काठमाडौँको बिभिन्न क्षेत्रमा आज बिजुली कटौती...

काठमाडौँको बिभिन्न क्षेत्रमा आज बिजुली कटौती गर्ने

काठमाडौँको बिभिन्न क्षेत्रमा आज बिजुली कटौती गर्ने

images
images
शनिवार, फाल्गुण १७ २०८१
शनिवार, फाल्गुण १७ २०८१
  • काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको बिभिन्न क्षेत्रमा आज बिजुली कटौती गर्ने भएको छ।

    images
    images

    प्राधिकरणले सूचना प्रकाशित गर्दै बलम्बु फिडर अन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, वौथली, सतुङ्गल क्षेत्रमा कन्डक्टरको क्षमता अभिवृद्धि लगायतका कार्यका लागि बिजुली कटौती हुने जनाएको हो।

    आज बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म ती स्थानमा बिजुली काटिने भएकाले ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा समेत मागेको छ। तोकिएको कार्य समय अगावै पूरा भएमा निर्धारित अवधि अगावै बिजुली प्रवाह हुने सूचनामा उल्लेख छ।

    images
    images

    यस्तै, मूलपानी सवस्टेशन निर्माण आयोजनाले पनि आज बेलुकी सम्म नै बानेश्वर वितरण केन्द्र, महाराजगञ्ज वितरण केन्द्र, रत्नपार्क , जोरपाटी, बालाजु र कुलेश्वर वितरण केन्द्रलगायतका क्षेत्रमा बिजुली प्रवाह रोकिने जनाएको छ। निर्माणाधिन सवस्टेशनमा प्राविधिक कामका लागि ती वितरण केन्द्रहरुमा बिजुली आप्रवाह आज साँझ सम्म रोकिने प्राधिकरणले जानकारी गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend