images

२०८३ आश्विन २० गते

images
images
images

अमेरिकामा सरकारी कर्मचारीहरूलाई फेरि जागिरबाट निकालिने

अमेरिकामा सरकारी कर्मचारीहरूलाई फेरि जागिरबाट निकालिने

images
images
बिहिवार, फाल्गुण १५ २०८१
बिहिवार, फाल्गुण १५ २०८१
  • वासिङटन डिसी।  अमेरिकामा ट्रम्प प्रशासनले संघीय एजेन्सीहरूलाई ठूलो मात्रामा कर्मचारी कटौती गर्न आदेश दिएको छ। डोनाल्ड ट्रम्पले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि उक्त निर्देशन दिएका हुन्।

    images
    images

    ट्रम्पको पहिलो मन्त्रिपरिषद् बैठकमा प्रशासनिक खर्च घटाउन गठन गरिएको सरकारी दक्षता विभागका प्रमुख एलोन मस्क पनि उपस्थित थिए।

    समाचार एजेन्सी रोयटर्सका अनुसार ट्रम्प प्रशासनले जारी गरेको नयाँ ज्ञापनपत्रमा संघीय कर्मचारीहरूको संख्या घटाउन मार्च १३ सम्ममा योजना बनाउनुपर्ने उल्लेख छ।

    images
    images

    संघीय कर्मचारीहरू पहिले नै लागत घटाउन गरिँदै गरेको छटनीबाट पीडित भइसकेका छन्। नयाँ निर्देशनमा अब कति कर्मचारी हटाइनेछ भन्ने कुरा उल्लेख गरिएको छैन।

    ट्रम्पले मन्त्रिपरिषद्को बैठकमा वातावरण संरक्षण एजेन्सीका प्रशासक ली जेल्डिनले १५,००० कर्मचारीहरूमध्ये ६५ प्रतिशतलाई हटाउने वाचा गरेका बताएका थिए। बीबीसी

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend