images

२०८३ आश्विन १७ गते

images
images
images
  • प्रविधि
  • नागरिक एपमा नयाँ अपडेट, अब राष्ट्रिय...

नागरिक एपमा नयाँ अपडेट, अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा खाता खोल्न सकिने

नागरिक एपमा नयाँ अपडेट, अब राष्ट्रिय परिचयपत्र नम्बरकै आधारमा खाता खोल्न सकिने

images
images
मंगलवार, फाल्गुण १३ २०८१
मंगलवार, फाल्गुण १३ २०८१
  • काठमाडौं । नागरिक एपमा राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरकै आधारमा खाता खोल्न सकिने सुविधा थपिएको छ । मंगलबार गुगल प्ले स्टोरमा सार्वजनिक भएको एपको नयाँ संस्करण २.०.४३ सँगै यो सुविधा उपलब्ध भएको हो ।

    images
    images

    यसअघि नागरिकता, राहदानी वा भोटर आईडी नम्बर राखेर खाता खोल्न सकिन्थ्यो । अब एनआईडी नम्बर प्रविष्ट गरेरै नयाँ खाता खोल्न सकिने भएपछि दर्ता प्रक्रिया थप सरल बन्ने अपेक्षा गरिएको छ ।

    नयाँ अपडेटमा ओनर भेरिफिकेसन (Owner Verification), सर्भिस ग्रुपिङ (Service Grouping), क्यूआर स्क्यान सुधार, गेट पास अनुरोध प्रक्रियामा सहजता लगायतका सुविधा थपिएका छन् । त्यस्तै, लोकसेवा आयोगका भुक्तानी प्रणालीलाई सुधार गर्दै अब झनै छिटो र प्रभावकारी बनाइएको छ ।

    images
    images

    पहिलेको संस्करणमा एपको होमस्क्रिनमा सबै सेवा एकै ठाउँमा राखिएकोमा नयाँ संस्करणमा ‘कागजातहरू’, ‘सामाजिक सुरक्षा’ र ‘अन्य सेवाहरू’ छुट्टै समूहमा हेर्न सकिन्छ ।

    यस अपडेटमा विभिन्न बग (त्रुटि) समाधान पनि गरिएको नागरिक एपले जनाएको छ । प्यान दर्तामा देखिएका समस्या समाधान गरिएका छन् भने सीआईएमएस प्रणालीका बग फिक्स गरिएका छन् । त्यस्तै, नोटिफिकेसन सम्बन्धी समस्या हटाइएको छ भने ओप्पो मोबाइलमा देखिएको कालो स्क्रिन समस्या समाधान गरिएको छ ।

    प्रयोगकर्तालाई अझ सुरक्षित र सहज बनाउने लक्ष्यसहित नयाँ अपडेट सार्वजनिक गरिएको नागरिक एपले जनाएको छ । हाल, एपमा अकाउन्ट बनाउन प्रयोगकर्ताको आफ्नै नामको सिम अनिवार्य गरिएको छ । एप स्रोतका अनुसार आगामी बिहीबारदेखि एपमा नागरिक एपमा एनआईडी नम्बरबाट खाता खोल्न सकिनेछ । आईओएस प्रयोगकर्ताका लागि पनि केही दिनमै नयाँ संस्करणको एप उपलब्ध हुने बताइएको छ । 

    नागरिक एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend