काठमाडौंः बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओझालाई अध्यक्ष नियुक्त गरेको हो ।
अध्यक्षका लागि गठित सिफारिस समितिले ओझा सहित पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्व अध्यक्ष दामोदर बसौलाको नाम पठाएको थियो । ओझा ११ प्रतिस्पर्धीलाई पछि पार्दै अध्यक्ष बनेका हुन् ।
ओझाले आर्थिक पत्रकारका रूपमा विभिन्न सञ्चारमाध्यममा काम गरेका छन्। ओझा अध्यापन र वकालतमा पनि सलग्न छन् ।
यस अघिका अध्यक्ष सूर्यप्रसाद सिलवाल विरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरे सँगै उनी स्वतः निलम्बनमा परेका थिए । उनी निलम्बन भएपछि प्राधिकरण अध्यक्ष पद रिक्त थियो ।




.gif)





