images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क...

लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क ५० करोड बढी, कुनको कति?

लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क ५० करोड बढी, कुनको कति?

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं । चालू आर्थिक वर्षको सात महिनामा नेपालका लघु निर्जीवन बीमा कम्पनीहरूले ५० करोड २८ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्। 

    images
    images

    नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार, उक्त बीमाशुल्क आर्जन नेपालका विभिन्न बीमा कम्पनीहरूले गरेका छन्।

    सबैभन्दा बीमाशुल्क आर्जन गर्ने कम्पनीको सूचीमा नेपाल माइक्रो इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। कम्पनीले यो अवधिमा  १४ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। 

    images
    images

    त्यस्तै, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले १२ करोड ४९ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ११ करोड ६६ लाख, र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ११ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

    कुल मिलाएर, कम्पनीहरूले चालू आवको माघ मसान्तसम्म २ लाख २४८ वटा बीमालेखहरू बिक्री गरेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend