images

२०८३ आश्विन १७ गते

images
images
images
  • कर्पोरेट
  • यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक...

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

यामाहा नेपाल र हेल्मेट्स नेपालबीच व्यापारिक सम्झौता

images
images
सोमवार, फाल्गुण १२ २०८१
सोमवार, फाल्गुण १२ २०८१
  • काठमाडौं ।  विगत ९ वर्ष देखि हेलमेट को मार्केटमा आफ्नो छुट्टै पहिचान बनाइरहेको 'हेल्मेट्स नेपाल' ले यामाहा नेपालसँग व्यापारिक सहकार्यमा  सम्झौता गरेको छ ।

    images
    images

    काठमाडौंमा आयोजित एक कार्यक्रममा हेल्मेट्स नेपाल र यामाहा नेपाल बिच सम्झौता भएको हो । सम्झौता अनुसार अब यामाहा मोटरसाइकलको शोरुमहरुमा हेल्मेट्स नेपालको पनि आउट्लेट रहने भएको छ। जहाँ हेल्मेट, सेफ्टी गियर र एसेसोरिजहरु उपलब्ध रहने छन् । पहिलो चरणमा काठमाडौंका शोरुमहरु टेकु, महाराजगंज र गठ्ठाघर भक्तपुरमा हेल्मेट्स नेपालको आउटलेटहरु रहने छन् । 

    नक्शाल स्थित यामाहाको ब्लु स्क्वायर शो रुममा भने एक्सचेन्जको सुविधा उपलब्ध रहने छ । आगामी दिनहरूमा यो सुविधाहरूलाई थप बिस्तार गर्दै लैजाने कुरा हेल्मेट्स नेपालका प्रबन्ध निर्देशक सजल जोशीले बताए। यामाहा नेपाल र हेल्मेट्स नेपालको यो सहकार्यले नेपालमा रोड सेफ्टी र राइडिंग कल्चर अझै परिष्कृत रूपमा परिभाषित हुने विश्वास लिइएको छ । 

    images
    images

    ग्राहकहरूले एउटै छानामुनि मोटरसाइकल, हेल्मेट, सेफ्टी गियर र राइडिंग एसिसोरिजहरुको सुविधा प्राप्त गर्न सक्नेछन् । यस अघि नै आफ्नो  २ अत्याधुनिक शोरुममार्फत सेवा प्रदान गर्दै आएको हेल्मेटस नेपालले अब कुल ६ स्थानहरूबाट सेवा प्रदान गर्नेछ ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend