images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • दोस्रो त्रैमाससम्म लघुवित्तले कमाए पौने ३...

दोस्रो त्रैमाससम्म लघुवित्तले कमाए पौने ३ अर्ब नाफा, कुन कम्पनीको खराब कर्जा कति ?

दोस्रो त्रैमाससम्म लघुवित्तले कमाए पौने ३ अर्ब नाफा, कुन कम्पनीको खराब कर्जा कति ?

images
images
बिहिवार, फाल्गुण ८ २०८१
बिहिवार, फाल्गुण ८ २०८१
  • काठमाडौं । नेप्सेमा सूचीकृत भएका ५० लघुवित्त कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा २ अर्ब ७८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।

    images
    images

    जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५०.४७ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०८०/०८१ को सोहि अवधिमा कम्पनीहरुले १ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

    सबैभन्दा अगाडी को ? 

    images
    images

    यो अवधिमा नाफा आर्जन गर्ने कम्पनीमा साना किसान विकास लघुुवित्त, छिमेक लघुवित्त र डिप्रोक्स लघुवित्त अगाडी देखिएका छन् । ६ महिनाको दोस्रो त्रैमाससम्मको अवधिमा साना किसानले ५१ करोड ७७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सो अवधिमा कम्पनीले ४४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । छिमेक लघुवित्तले ५१ करोड १८ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  डिप्रोक्स लघुवित्तले २४ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    अन्य कुन कम्पनीको कति ?

    नेशनल लघुवित्तले २१ करोड ५२ लाख, जीवन विकास लघुवित्तले २० करोड ५४ लाख, ग्रामिण विकास लुघवित्तले १८ करोड १८ लाख, निर्धन उत्थान लघुवित्तको १३ करोड ६० लाख, ग्लोबल आइएमई बैंकले ११ करोड ८३ लाख, स्वरोजगार लघुवित्तले ८ करोड ८० लाख र स्वाभिलम्बन लघुवित्तले ८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको छ ।

    ७ वटा लघुवित्त ऋणात्मक

    यस अवधिमा नेष्डो लघुवित्त, इन्फिनिटि लघुवित्त, मातृभुमि लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त, समता घरेलु लघुवित्त, विन विकास लघुवित्त, सामुदायिक लघुवित्तको नाफा ऋणत्मक रहेको छ । 

    प्रतिसेयर आम्दानी

    दोस्रो त्रैमाससम्मको अवधिमा महिला लघुवित्तको प्रतिसेयर आम्दानी सबैभन्दा माथि ६७.३७ रुपैयाँ  रहेको छ । यो अवधिमा मिथिला लघुवित्तको ३८.२४ रुपैयाँ, ग्लोबल आइएमई लघुवित्तको ३८.२४ रुपैयाँ, युनिक लघुवित्तको ३६.९० रुपैयाँ, सिर्जनशिल लघुवित्तको ३४.४० रुपैयाँ, सिवाईसि नेपालको ३२.४० रुपैयाँ, नेशनल लघुवित्तको ३२.३४ रुपैयाँ, डिप्रोक्स लघुवित्तको ३१.८४ रुपैयाँ, उपकार लघुवित्तको ३१.७२ रुपैयाँ, कालिका लघुवित्तको ३०.४९ रुपैयाँ, जनउत्थान लघुवित्तको २८.८० रुपैयाँ र स्वाभिमान लघुवित्तको २७.८३ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ । ७ कम्पनीको प्रतिसेयर आम्दानी भने यो अवधिमा ऋणात्मक रहेको छ ।

    कुन कम्पनीको खराब कर्जा कति ?

    दोस्रो त्रैमाससम्मको अवधिमा सबैभन्दा कम खराब कर्जासपोर्ट माइक्रोफाइनान्सको १.७४ प्रतिशत रहेको छ । महिला लघुवित्तको १.८६ प्रतिशत,साना किसान लघुवित्तको २.२७ प्रतिशत, आरएसडिसि लघुवित्तको २.७१ प्रतिशत, डिप्रोक्स लघुवित्तको २.७२ प्रतिशत, गुराँस लघुवित्तको २.७८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको २.९१ प्रतिशत, नेशनल लघुवित्तको ३.०४ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.४२ प्रतिशत, ग्लोबल आइएमई लघुवित्तको ४.१० प्रतिशत, अभियान लघुवित्तको ४.१२ प्रतिशत र गणपति लघुवित्तको ४.१३ प्रतिशत खराब कर्जा रहेको छ ।यस अवधिमा २५ वटा कम्पनीहरुको खराब कर्जा अझै ५ प्रतिशतभन्दा माथि रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend