images

२०८३ आश्विन २८ गते

images
images
images
  • समाचार
  • साउनमा पहिलो पटक घट्यो कुखुराको मासुको...

साउनमा पहिलो पटक घट्यो कुखुराको मासुको मूल्य,

साउनमा पहिलो पटक घट्यो कुखुराको मासुको मूल्य,

images
images
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
अर्थ समाचार
सोमवार, श्रावण ७ २०८१
  • साउन लागेयता पहिलो पटक कुखुराको मासुको भाउ घटेको छ।

    images
    images

    आज (सोमबार)बाट लागु हुने गरी प्रतिकिलो १५ रूपैयाँले मासुको भाउ घटाइएको राष्ट्रिय कुखुरा व्यवसायी संघले जानकारी दिएको छ।

    कुखुराको मासुको मूल्य संघ र सम्बद्ध अन्य निकायको सहभागितामा तोकिँदै आएको छ।

    images
    images

    अहिले घरायसीसँगै व्यावसायिक खपत घटेकाले मासुको मूल्य घटाइएको संघका उपाध्यक्ष श्रीय ढकालले जानकारी दिए। 

    'साउनमा धेरै जसोले मासु खाँदैनन्। बिहेको लगन पनि नभएकाले पार्टी प्यालेसमा पनि खपत छैन,' उनले भने, 'त्यसैले उत्पादन बढी भएर मूल्य घटाइएको हो।'

    अहिले उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भएको उनको भनाइ छ। मूल्य घटेसँगै ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ५० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ६० देखि ६५ रूपैयाँ छ।ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ६० रूपैयाँ र मासुको मूल्य प्रतिकिलो दुई सय ७५ देखि ८० रूपैयाँ थियो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend