images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • राससको श्रीवृद्धिमा मन्त्रालय तयार छ :...

राससको श्रीवृद्धिमा मन्त्रालय तयार छ : सचिव अर्याल

राससको श्रीवृद्धिमा मन्त्रालय तयार छ : सचिव अर्याल

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि सचिव राधिका अर्यालले राससको ऐन निर्माण, नियमावली तथा विनियमावली संशोधनसहित समग्र विकासमा मन्त्रालयको तर्फबाट सक्दो सहयोग हुने बताएकी छिन् ।

    images
    images

    राष्ट्रिय समाचार समिति (रासस)को ६४औँ वार्षिकोत्सव समारोहमा सचिव अर्यालले भौतिक पूर्वाधार निर्माण तथा समाचार सेवाको गुणस्तर सुधारका क्षेत्रमा राससमा भएका कामको प्रशंसा गर्दै आयस्रोत वृद्धि गरी गुणस्तरीय समाचार सेवा प्रवाह गर्नेतर्फ रासस केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

    उनले भनिन्, “समाचार सेवालाई चौबिस घन्टामा विस्तार गर्दै आफ्ना सेवालाई विविधीकरण र सुदृद्दीकरण गर्ने प्रयास सरहानीय छ, समाचार सेवाको गुणस्तर अभिवृद्धि गर्न राससलाई सफलता मिलोस् । समाचारको मुल स्रोतका रुपमा रहेको राससको कार्यसम्पादन र सेवा अझै उत्कृष्ट होस्, राम्रो काम गरिरहेको राससलाई सरकारको तर्फबाट सदैव साथ सहयोग रहने छ ।”

    images
    images

    राससले चाल्ने विकास र समृद्धिको यात्रामा मन्त्रालयले सदैव सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा यसले निरन्तरता पाउने विश्वास दिलाइन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend