images

२०८३ आश्विन १७ गते

images
images
images
  • अटो
  • कार निर्यातमा हुन्डाईले पुरा गर्यो २५...

कार निर्यातमा हुन्डाईले पुरा गर्यो २५ वर्ष, ३७ लाख कार निर्यात भएको दाबी

कार निर्यातमा हुन्डाईले पुरा गर्यो २५ वर्ष, ३७ लाख कार निर्यात भएको दाबी

images
images
बुधवार, फाल्गुण ७ २०८१
बुधवार, फाल्गुण ७ २०८१
  • काठमाडौं । कार निर्यातमा अब्बल कम्पनि हुन्डाइले २५ बर्ष पार गरेको छ ।मेड इन इन्डिया निर्मित हुन्डाई कार निर्यात भएको २५ वर्ष पूरा भएको हो । हुन्डाई मोटर इन्डिया लिमिटेडले हालसम्म विदेशमा ३७ लाखभन्दा बढी गाडी बिक्री गरिसकेको छ । यसले कम्पनीलाई यस क्षेत्रको सबैभन्दा ठुलो निर्यातकर्ता बनाएको छ।

    images
    images

    यो उपलब्धि हुन्डाई मोटर इन्डियाको लागि कोसेढुङ्गा जस्तै हो। यसले भारतको अटोमोबाइल उत्पादन क्षमतालाई पनि प्रतिबिम्बित गरेको छ । हुन्डाईले भारतमा बनेका सवारी साधनले विश्व बजारमा कडा प्रतिस्पर्धा दिन सक्छ भन्ने देखाएको छ।

    सुरुमा हुन्डाईले १५० भन्दा बढी देशमा गाडी पठाउँथ्यो । तर अब त्यो संख्या घटेर ६० देशमा पुगेको छ । सन् २०२४ मा साउदी अरेबिया, दक्षिण अफ्रिका, मेक्सिको, चिली र पेरु यसका सबैभन्दा ठुला बजारको रूपमा देखा परेको छ । सन् २०२४ मा हुन्डाईले कुल १ लाख ५८ हजार ६८६ सवारी साधन निर्यात गरेको थियो।

    images
    images

    हुन्डाईको आई१० सबैभन्दा धेरै बिक्री हुने कार हो र यसको १५ लाखभन्दा बढी युनिट बिक्री भइसकेको छ । हुन्डाई भर्नाको ५ लाखभन्दा बढी युनिट पनि बिक्री भइसकेको छ। हुन्डाईले अफ्रिकामा १० लाखभन्दा बढी गाडी बेचेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend