images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम...

बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’मा

बीमा प्राधिकरणको अध्यक्षमा पाँच जनाको नाम ‘सर्टलिस्ट’मा

images
images
सोमवार, फाल्गुण ५ २०८१
सोमवार, फाल्गुण ५ २०८१
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पादका लागि पाँच जनाको नाम सर्टलिस्टमा परेको छ । अर्थ मन्त्रालयले आज सार्टलिस्टमा पर्ने पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

    images
    images

    सर्टलिस्टमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा परेका छन् । आइतबार पाँच जनाको नाम सर्टलिस्टमा राख्ने निर्णय गरेको सार्वजनिक सूचनामा भनिएको छ ।

    सर्टलिस्टमा परेकालाई फागुन १० गते दिउँसो २ बजे अन्तर्वार्ताको लागि आउन नाम सिफारिस गर्ने समितले आह्वान गरेको छ ।

    images
    images

    बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष सूर्य सिलवाललाई भ्रष्टाचार मुद्दा लागेपछि प्राधिकरणको पद खाली छ । अहिले अर्थ मन्त्रालयका सहसचिव मदन दाहाल अध्यक्षको रुपमा काम गरिरहेका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend