images

२०८३ आश्विन २० गते

images
images
images
  • समाचार
  • हमासले आज थप तीनजना बन्धक रिहा...

हमासले आज थप तीनजना बन्धक रिहा गर्दै,अझै परेनन् बिपिन जोशी

हमासले आज थप तीनजना बन्धक रिहा गर्दै,अझै परेनन् बिपिन जोशी

images
images
शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • काठमाडौँः करिब एक महिना पुरानो युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीका बीच हमासले आज थप तीनजना बन्धक क्रिया गर्ने तयारी गरेको छ। शनिबार रिहा गर्ने तीनजनाको नाम हमासले शुक्रबार साँझ सार्वजनिक गरेको हो।

    images
    images

    प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकहरूमा इजरायली–रूसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ ।

    प्यालेस्टिनी लडाकू समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकहरूलाई रिहा गर्ने वा गाजामा पुनः युद्ध सुरु गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनी पछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो । असअघि, हमासले युद्धविरामको स्पष्ट उल्लङ्घन भएको भन्दै रिहाई रोक्ने बताएको थियो ।

    images
    images

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिना देखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ ।

    इजरायली सञ्चार माध्यमका अनुसार युद्धविराम र ‘निर्धारित समय तालिका अनुसार’ अर्को आदानप्रदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै शनिबार रिहा हुने तीन बन्धकको नाम सार्वजनिक गर्ने तयारी हमासले गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend