images

२०८३ आश्विन १७ गते

images
images
images

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने

images
images
शनिवार, फाल्गुण ३ २०८१
शनिवार, फाल्गुण ३ २०८१
  • काठमाडौंः नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ । वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडर अन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ ।

    images
    images

    प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १५ बजेसम्म बिजुली प्रवाह रोकिनेछ । सो फिडर अन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न गर्न प्राधिकरण क्रियासिल समेत रहने सूचनामा उल्लेख छ ।

    यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडर अन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवास लगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि साँझ पाँच बजे सम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ ।

    images
    images

    यस्तै भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्र अन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवम् रुख बिरुवाका हाँगा काट्ने प्रयोजनाका लागि आज बिजुली प्रवाह रोकिने सूचनामा उल्लेख छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend