images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको नाफामा...

दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट

दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहरूको नाफामा भारी गिरावट

images
images
बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ निर्जीवन बीमा कम्पनीहरूको मुनाफामा ५९.३८ प्रतिशतको भारी गिरावट आएको छ। कम्पनीहरूले प्रकाशित गरेका वित्तीय विवरण अनुसार, यी १४ कम्पनीहरूले यस अवधिमा एक अर्ब २५ करोड ८४ लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिमा तीन अर्ब नौ करोड ७८ लाख रुपैयाँ थियो।

    images
    images

    समीक्षा अवधिमा मुनाफा आर्जनको आधारमा, सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी र वृद्धिदरमा सानिमा जिआइसी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १८.८६ प्रतिशतले घटेर ४२ करोड ७२ लाख रुपैयाँबाट ३४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ।अर्कोतर्फ, सानिमा जिआइसी इन्स्योरेन्सको मुनाफा १५.२५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरण अनुसार, शिखर इन्स्योरेन्सको खुद नाफा २५ करोड ७३ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २२ करोड ५० लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १५ करोड ५९ लाख रुपैयाँ र नेको इन्स्योरेन्सको १५ करोड ६० लाख रुपैयाँ मुनाफा रहेको छ।

    आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स लगायतका अन्य कम्पनीहरूले पनि मुनाफा आर्जन गरेका छन्। तथापि, ओरियण्टल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्सको वित्तीय अवस्था दयनीय रहेको छ, जहाँ ओरियण्टल इन्स्योरेन्सले १९ करोड ७५ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ३६ करोड ९८ लाख रुपैयाँ नोक्सानी भोगेका छन्।

    images
    images

    वृद्धिदरको आधारमा, सानिमा जिआइसी इन्स्योरेन्सको मुनाफा सबैभन्दा बढी वृद्धि भएको छ, जबकि प्रभु इन्स्योरेन्सको खुद नाफा १०.५३ प्रतिशत र शिखर इन्स्योरेन्सको मुनाफा २.४८ प्रतिशतले मात्र वृद्धि भएको छ। यी बाहेकका अन्य ९ वटा कम्पनीको मुनाफा घटेको छ भने २ वटा कम्पनी नोक्सानीमा रहेको विवरणले देखाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend