images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • जीवन बीमा कम्पनीको मुनाफा ह्वात्तै बढ्यो,...

जीवन बीमा कम्पनीको मुनाफा ह्वात्तै बढ्यो, १४ कम्पनिले कमाए ३ अर्व

जीवन बीमा कम्पनीको मुनाफा ह्वात्तै बढ्यो, १४ कम्पनिले कमाए ३ अर्व

images
images
बुधवार, माघ ३० २०८१
बुधवार, माघ ३० २०८१
  • काठमाडौँ । यस बर्ष जीवन बीमा कम्पनीहरुले आर्थिक प्रगतीमा राम्रै फड्को मारेका छन् ।कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा कुल तीन अर्ब ४८ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएका छन् । गत आवको सोही अवधिमा कम्पनीहरुले तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

    images
    images

    चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अवधिमा १४ जीवन बीमा कम्पनीहरुले करिव साढे तीन अर्ब रुपैयाँ खुद नाफा कमाउन सफल भएका छन् । गत आवको तुलनामा मुनाफा १४.८५ प्रतिशतले बृद्धि भएको छ । मुनाफा आर्जनको आधारमा नेपाल लाएफ इन्स्योरेन्स र वृद्धिदरको आधारमा सिटिजन लाइफ अग्रस्थानमा रहेका छन् । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ४६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ९.४५ प्रतिशत बढी रहेको छ । कम्पनीले गत आवमा ४२ करोड ७७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

    दोस्रो नम्बरमा रहेको हिमालयन लाइफको मुनाफा ८.७३ प्रतिशतले बृद्धि भई ३४ करोड ६० लाख रुपैयाँबाट ३७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । रिलायबल नेपाल लाइफले छोटो अवधिमा नै उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ । यस अवधिमा कम्पनीले ३५ करोड तीन लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ ।त्यस्तै, चालु आवको पुष मसान्तसम्ममा सन नेपाल लाइफले २८ करोड २२ लाख रुपैयाँ, नेशनल लाइफले २७ करोड ९१ लाख रुपैयाँ, आइएमई लाइफले २६ करोड ७८ लाख रुपैयाँ, एशियन लाइफले २५ करोड तीन लाख रुपैयाँ सानिमा रिलायन्स लाइफले २३ करोड १६ लाख रुपैयाँ र सिटिजन लाइफले २३ करोड नौ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    images
    images

    मेट लाइफ नेपालले २२ करोड २५ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १९ करोड ६१ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १८ करोड २५ लाख रुपैयाँ, एलआइसी नेपालको १४ करोड १८ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीको ८० लाख ६५ हजार रुपैयाँ खुद नाफा रहेको छ ।

    बृद्धिदरको आधार
    गत आर्थिक वर्षको तुलनामा सिटिजन लाइफ इन्स्योरेन्सको नाफा सबैभन्दा बढी अंकले बृद्धि भएको छ । सिटिजन लाइफ इन्स्योरेन्सले मुनाफा ८६.७८ प्रतिशतले बृद्धि गर्न सफल भएको हो ।त्यस्तै, दोस्रो नम्बरमा एशियन लाइफ रहेको छ । कम्पनीको खुद नाफा ५६.५५ प्रतिशतले बृद्धि भएको छ भने तेस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा गत आवको तुलनामा ५१.७० प्रतिशतले बृद्धि भएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend