images

२०८३ आश्विन १८ गते

images
images
images

जाडो मौसममा किन बढ्छ महिनावारी पीडा ?

जाडो मौसममा किन बढ्छ महिनावारी पीडा ?

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । चिसो मौसमले प्रत्यक्ष रूपमा महिनावारी पीडा बढाउँदैन। यसका लागि केही कारक जिम्मेवार छन्। ती कारकले महिनावारी चक्रको प्रणालीलाई केही हदसम्म प्रभावित पार्छ। जसले गर्दा महिनावारी हुँदा दुखाइ अत्याधिक बढाउन सक्छ ।

    images
    images

    तर, दुखाइ हुँदैमा आत्तिहाल्न पर्दैन। जीवनशैलीमा ध्यान दिए दुखाइबाट राहत पाउन सकिन्छ।

    कसरी बढ्छ जाडोमा महिनावारी पीडा ?

    images
    images

    प्रतिरक्षा प्रणाली कमजोर हुनु

    जाडो मौसममा हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। किनकी यो समयमा बाह्य भाइरस र किटाणु बढी सक्रिय हुन्छन्। यी तत्वको सम्पर्कमा आएमा शरीर विभिन्न संक्रमण, रुघा–खोकी र भाइरसको शिकार बन्न सक्छ। जसले प्रतिरक्षा प्रणाली कमजोर बन्न सक्छ।यसको प्रत्यक्ष असर महिनावारी चक्रमा पनि पर्न सक्छ। जसले महिनावारी हुँदा शरीर गल्ने, जोर्नीहरु दुख्ने र कमजोर अनुभव हुने जस्ता समस्या बढ्न सक्छ।

    रक्त सञ्चार कम हुनु

    वास्तवमा, चिसो मौसमले रक्तनलीहरूलाई साँघुरो बनाउन सक्छ। यसरी रक्तनली साँघुरिदा शरीरमा दुखाइको अनुभव गराउने प्रोस्टाग्ल्यान्डिन हर्मोनको स्तर बढ्न सक्छ। जसले पेट दुखाउने, तल्लो कम्मर दुखाउने र मुड नै खराब पार्न सक्छ।

    डा. उपमा बस्नेतप्रसूति तथा स्त्रीरोग विशेषज्ञ

     

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend