images

२०८३ आश्विन १९ गते

images
images
images
  • विमा
  • सूर्यज्योति लाइफ भ्रामक समाचारविरुद्ध कानुनी...

सूर्यज्योति लाइफ भ्रामक समाचारविरुद्ध कानुनी लडाइँमा जाने

सूर्यज्योति लाइफ भ्रामक समाचारविरुद्ध कानुनी लडाइँमा जाने

images
images
सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी भ्रामक समाचार प्रकाशन गरेकोमा कानुनी लडाइँमा जाने भएको छ।कम्पनीले एक विज्ञप्ति प्रकाशित गरी आफ्नो कम्पनीलाई सम्प्रेषित र प्रकाशित समाचारविरुद्ध कानुनी लडाइमा जाने जानकारी गराएको हो। ‘कम्पनी यस्ता भ्रामक समाचार प्रसारण तथा प्रकाशनविरुद्ध कानुनी उपचारका लागि अघि बढ्ने प्रक्रियामा रहेको सबैमा जानकारी गराउँदछौं’, विज्ञप्तिमा भनिएको छ।

    images
    images

    केही संचार माध्यम तथा विभिन्न सामाजिक संजाल मार्फत सूर्यज्योति लाइफ तथा कम्पनीका कर्मचारी, अभिकर्ता, शेयरधनी र सञ्चालकको प्रतिष्ठामा आँच पुर्याउने उद्देश्यले सुनियोजित रूपमा विभिन्न शीर्षक राखी कम्पनीप्रति नकारात्मक असर पुर्याउने नियतले कपोलकल्पित, भ्रामक, अतिरञ्जित र तथ्यहीन समाचार प्रकाशन तथा प्रसारण गरिएकोप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। ‘जीवन बीमा क्षेत्रकै ऐतिहासिक सफल मर्जर सम्पन्न गरी कम्पनीले छोटो समयमै आफ्ना हरेक सूचांकमा उत्कृष्टता हासिल गर्दै लाखौँ बीमितको रोजाइको कम्पनी बन्न सफल भएको छ। कम्पनीले यस आर्थिक वर्ष २०८१.८२ को पुस मसान्तसम्ममा कुल बीमा शुल्क रु ५०६.४७ करोड संकलन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८.३१ प्रतिशतले बढी हो’ विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले मर्जरपश्चात आर्थिक वर्ष २०७९.८० र २०८०.८१ को वार्षिक साधारणसभा सम्पन्न गरी शेयरधनीका लागि क्रमशः ३५ प्रतिशत र २० प्रतिशत गरी ५५ प्रतिशत लाभांशसमेत वितरण गरिसकेको छ।’

    आर्थिक वर्ष २०८१.८२ को पुस मसान्तसम्म कम्पनीको चु्क्तापुँजी रु. ५०१ करोड, कुल लगानी रु ४२४२ करोड, जीवन बीमा कोष रु. ३८०३ करोड, खुद नाफा रु. १९.६१ करोड, जारी बीमालेख संख्या ३१।७२ लाख, प्रशिक्षित अभिकर्ता संख्या १ लाख र देशभर रहेका १७४ शाखा सञ्जालमार्फत सेवा प्रदान गरिरहेको विज्ञप्तिमा जनाइएको छ। ‘चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीद्वारा ११३४ वटा बीमालेखको मृत्युदाबीबापत रु.३८.९५ करोड, ७७ वटा बीमालेखको घातक रोग दाबीबापत रु ३.९२ करोड र १३ वटा बीमालेखको अशक्तता दाबीबापत रु १.१ करोड गरी रु ४४.०६ करोड दाबी रकम भुक्तानी गरिसकेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले जारी गर्ने हरेक बीमालेख नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाअनुसार तयार गरी स्वीकृतिपश्चात मात्र बिक्रीवितरण गर्ने गरिएको छ, साथै कम्पनीले कुनै पनि किसिमको दाबी भुक्तानी गर्दा नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बीमालेखमा उल्लेख भएको सुविधा, सर्त तथा नियम साथै पुनर्बीमा कम्पनीसँग भएको सम्झौताअनुसार दाबी भुक्तानी गर्ने गरिएको छ।’

    images
    images

    कम्पनीमा चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा गत आ।व। को तुलनामा ४७ प्रतिशत कम बीमालेख समर्पण भएका छन् । कम्पनीको बीमालेख समर्पणको अवस्था जीवन बीमा क्षेत्रमा औसतभन्दा न्यून रहेको विज्ञप्तिमा उल्लेख छ।कम्पनीले सधैं संस्थागत सुशासन, बीमा ऐन तथा नीति नियमको परिपालना गर्दै आएको विज्ञप्तिमा उल्लेख छ। ‘यसका साथै नेपाल बीमा प्राधिकरणको प्रत्यक्ष निगरानी एवं निर्देशनअनुरुप आफ्ना सम्पूर्ण कार्यसम्पादन गरिरहेको छ’ विज्ञप्ति भनिएको छ, ‘नेपाल सरकारका अन्य नियामक निकायहरू लगायत सम्बन्धित सबै सरोकारवाला नियामक निकायको नीति, नियम तथा निर्देशनको पूर्ण पालना गर्दै संस्थागत सुशासनलाई प्राथमिकता दिएर कम्पनी अगाडि बडिरहेको जानकारी गराउन चाहन्छौं ।’

    कम्पनीका माथि उल्लेखित सूचांकका बाबजुद हाल केही मिडियामा प्रशारित समाचार पूर्ण रुपमा आधारहीन, तथ्यहीन र कपोलकल्पित रहेको स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ। ‘यस्ता निराधार आरोपले लाखौं बीमित, शेयरधनी तथा हजारौं अभिकर्ताको विश्वासलाई कमजोर पार्ने प्रयास गरिएको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ, ‘तर, कम्पनी आफ्नो दायित्वप्रति पूर्ण प्रतिबद्ध हुँदै विगतमा झैँ आफ्नो सेवा निरन्तर प्रदान गरिरहनेछ।’त्यसैले यस्ता आधारहीन समाचारको पछि नलागी निर्धक्क भई कम्पनीमा दृढ विश्वास राख्न तथा कम्पनीले जारी गर्ने बीमालेख खरिद गर्न तथा सेवा–सुविधा लिन कम्पनीले आग्रह गरुेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend